९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाका सांसद श्रेष्ठबारे सत्यतथ्य छानवीन गरी कारबाही गर्न माग



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका नेकपा (एमाले)की सांसद दिलकुमारी रावलले दुई करोड घुस प्रकरणको अडियो सार्वजनिक भएपछि विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठबारे सत्यतथ्य छानवीन गरी कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ ।

सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले घुस लिने र दिने दुवै राष्ट्रको शत्रु भएकाले घुस लिने काममा निलम्बित सांसद श्रेष्ठ मुछिएका हुन/होइन ? सत्यतथ्य छानवीन गरी कारबाही गर्न सरकारसँग माग गर्नु भएको हो ।

आईतबार (हिजो) सांसद श्रेष्ठले मन्त्री बन्नका लागि २ करोड चाहिएको भन्दै व्यवसायी दुर्गा प्रसाईसँग पैसा मागेको अडियो विभिन्न सञ्चार माध्याममा सार्वजनिक भएपछि त्यो सामाजिक सञ्जालमा भईरल भईरहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद श्रेष्ठलाई निलम्बिन गरी २४ घण्टै स्पष्टिकरण सोधेको छ । सांसद रावलले त्यस्ता घटना सत्य हुन वा होइनन ? तथ्य बाहिर ल्याउन सरकारले तत्काल छानवीन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘हामीले देखिरहेका छौं अहिले २ करोडको अडियो एकदमै भाइरल भईरहेको छ । यसमा सरकारको के छ ? यो के हो ? यसको तथ्यसत्य के हो ? हामीले भनिरहेका छौं–घुस लिने र दिने राज्यको शत्रु हुन । यो कारबाहीको दायरामा आउनु पर्छ भनिरहँदा यो घटना आईरहँदा यो पार्टी विशेषको भन्दा पनि, पार्टीले कारबाही गर्ने भन्दा पनि राज्य, सरकारले यसको तथ्यसत्य छानवीन गरेर कारबाहीका दायरामा ल्याउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद रावलले सरकारलाई संविधान र कानुन अनुसार अघि बढन पनि सचेत गराउनु भयो ।