२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद श्रेष्ठले दुई करोड मागेको विषय रास्वपाद्वारा सदनमा जानकारी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले दुई करोड मागेको विषय संसद्लाई जानकारी गराएको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले मन्त्री बन्नका लागि आफ्ना सांसद श्रेष्ठले मेडिकल व्यावसायी दुर्गा प्रसाईंसँग टेलिफोनबाट दुई करोड रुपैयाँ मागेको विषय संसद्लाई जनकारी गराउनुभएको हो ।

बैठकमा उहाँले यो विषयमा पार्टीले गम्भीर रुपमा लिएको र छानबिन भइरहेको भन्दै श्रेष्ठलाई यसबारे स्पष्टीकरण सोधिएको जानकारी दिनुभयो ।

प्रमुख सचेतक परियारले यो घटनाबाट संसद्को गरिमामा परेको आँचप्रति क्षमा माग्दै विगतमा भएका यस्ता घटनाहरु पनि छानबिनको दायरामा आउनुपर्ने बताउनुभयो ।