• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo

कर्णाली सरकारबाट बाहिरियो एमाले



सुर्खेत । कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।

कर्णाली सरकारमा नेकपा एमालेबाट सामाजिक विकासमन्त्रीमा टेकराज पछाईँ, उद्योग वातावरण तथा पर्यटनमन्त्रीमा जीतबहादुर मल्ल र आर्थिक मामिला मन्त्रीमा विनोदकुमार शाह रहेका छन् ।

उनीहरुले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाएका हुन् । कर्णालीमा एमाले–माओवादीबीच आलोपालोमा मुख्यमन्त्री चलाउने गरी सुरूमा राजकुमार शर्मा मुख्यमन्त्री बनेका थिए ।

तर, केन्द्रमा गठबन्धन फेरिएसँगै एमाले कर्णाली सरकारबाट बाहिरिएको हो । ४० सदस्यीय कर्णली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र)का १३, एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी र स्वतन्त्रका १/१ सांसद छन् ।