२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली सरकारबाट बाहिरियो एमाले



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।

कर्णाली सरकारमा नेकपा एमालेबाट सामाजिक विकासमन्त्रीमा टेकराज पछाईँ, उद्योग वातावरण तथा पर्यटनमन्त्रीमा जीतबहादुर मल्ल र आर्थिक मामिला मन्त्रीमा विनोदकुमार शाह रहेका छन् ।

उनीहरुले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाएका हुन् । कर्णालीमा एमाले–माओवादीबीच आलोपालोमा मुख्यमन्त्री चलाउने गरी सुरूमा राजकुमार शर्मा मुख्यमन्त्री बनेका थिए ।

तर, केन्द्रमा गठबन्धन फेरिएसँगै एमाले कर्णाली सरकारबाट बाहिरिएको हो । ४० सदस्यीय कर्णली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र)का १३, एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी र स्वतन्त्रका १/१ सांसद छन् ।