२८ चैत्र २०८१, बिहीबार
April 10, 2025 Thursday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 16.56

Wind: 2.57

Humidity: 100

तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर शाहको निर्देशनपछि सिंहदरबारको फोहोर उठाउन बन्द



अ+ अ-

काठमाडोँ । काठमाडौँ महानगरपालिकाले सिंहदरबारको फोहोर उठाउन छोडेको छ ।

महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर बालेन शाहले सामाजिक सञ्जाल मार्फत शनिबार सिंहदरबारको फोहोर नउठ्ने घोषणा गरेका थिए ।

सोही घोषणाअनुसार आइतबार सिंहदरबारको फोहोर महानगरले नउठाएको हो । फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्रप्रसाद घिमिरेका अनुसार काठमाडौंका मेयर बालेनले फोन गरेर सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएपछि फोहोर नउठाइएको हो ।

सिंहदरबारबाट कुहिने र नकुहिने गरी दैनिक ५ टन फोहोर उठ्ने गरेको बताइन्छ ।