• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   नेपालले टस जितेर फिल्डिङ रोज्यो ★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण

अग्रता जोगाउन नसक्दा भिल्लारियलसँग रियल मड्रिड पराजित



एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले हार ब्यहोरेको छ । गएराति भएको खेलमा रियल आफ्नै घरेलु मैदानमा भिल्लारियलसँग ३–२ गोलले पराजित भएको हो ।

रियल मड्रिडले घरेलु मैदानमा अग्रता भने आत्मघाती गोलबाट बनाएको थियो । खेलको १६ औं मिनेटमा भिल्लारियलका पाउ टोरेसले आत्मघाती गोल गरेका थिए । ३९ औं मिनेटमा सामुएल चुक्वेजेले गोल गर्दै भिल्लारियललाई १–१ को बराबरीमा ल्याए ।

४८ औं मिनेटमा भिनियिसयस जुनियरले गोल गर्दै रियललाई २–१ को स्थितीमा अघि बढाए । तर, ७० औं मिनेटमा जोसे लुइस मोरालेसले गोल गर्दै भिल्लारियललाई २–२ को बराबरीमा ल्याए । यस्तै ८० औं मिनेटमा चुक्वेजेले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै भिल्लारियललाई जित दिलाए ।

यो नतिजासँगै २८ खेलबाट ५९ अंकसहित रियल मड्रिड तालिकाको दोस्रो स्थानमा यथावत रहँदा भिल्लारियल समान खेलबाट ४७ अंकसहित पाँचौं स्थानमा छ ।