२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

अग्रता जोगाउन नसक्दा भिल्लारियलसँग रियल मड्रिड पराजित



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले हार ब्यहोरेको छ । गएराति भएको खेलमा रियल आफ्नै घरेलु मैदानमा भिल्लारियलसँग ३–२ गोलले पराजित भएको हो ।

रियल मड्रिडले घरेलु मैदानमा अग्रता भने आत्मघाती गोलबाट बनाएको थियो । खेलको १६ औं मिनेटमा भिल्लारियलका पाउ टोरेसले आत्मघाती गोल गरेका थिए । ३९ औं मिनेटमा सामुएल चुक्वेजेले गोल गर्दै भिल्लारियललाई १–१ को बराबरीमा ल्याए ।

४८ औं मिनेटमा भिनियिसयस जुनियरले गोल गर्दै रियललाई २–१ को स्थितीमा अघि बढाए । तर, ७० औं मिनेटमा जोसे लुइस मोरालेसले गोल गर्दै भिल्लारियललाई २–२ को बराबरीमा ल्याए । यस्तै ८० औं मिनेटमा चुक्वेजेले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै भिल्लारियललाई जित दिलाए ।

यो नतिजासँगै २८ खेलबाट ५९ अंकसहित रियल मड्रिड तालिकाको दोस्रो स्थानमा यथावत रहँदा भिल्लारियल समान खेलबाट ४७ अंकसहित पाँचौं स्थानमा छ ।