• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्: सांसद झा ★   बजेटले पोखरा पर्यटकीय राजधानी बन्छ कि बन्दैन, भन्ने प्रश्न उठायो: सांसद बैरागी ★   जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँ: सांसद सापकोटा ★   संसदीय छानविन विशेष समितिले गृहमन्त्री लामिछानेमाथि पनि छानविन गर्छ: गगन थापा ★   पण्डित नवराज पौडेलको १०४ औं जन्म जयन्ती मनाईयो ★   भारतमा निर्वाचनको अन्तिम दिन मतदान स्थलमा खटिएका ३३ कर्मचारीको मृत्यु ★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ? ★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै ★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

आईपीएलको १००० औं खेलमा चेन्नईले मुम्बईलाई ७ विकेटले हरायो



एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा चेन्नईले लिगको १००० औं खेलमा ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको हो । पहिलो इनिङ्समा रविन्द्र जडेजाले ३ विकेट लिए भने अजिंक्य रहाणेले १९ बलमा प्रतियोगिताको सबैभन्दा छिटो अर्धशतक बनाएका थिए । दुवै सिएसकेको जितका नायक थिए ।

चेन्नईले ५ वर्षपछि घरेलु मैदानमा मुम्बईलाई हराएको हो । यो जितसँगै चेन्नई अंक तालिकाको चौथो स्थानमा पुगेको छ । वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । जवाफमा चेन्नईले १८.१ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो ।

चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले टस जितेर बलिङ रोजेपनि मुम्बईले राम्रो सुरुवात गरेको थियो । टोलीले बिना कुनै क्षति ३८ रन बनाएको थियो । रोहितको कप्तानीमा रहेको मुम्बईले ओपनर ६७ रनमा आउट भएपछि लगातार विकेट गुमाउन थाल्यो । मध्यक्रममा कुनै पनि ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन् । तर, टिम डेभिडले २१ बलमा ३१ रन बनाएर खेलको स्कोर १५० पुगेको थियो ।

१५७ रनको मध्यम स्कोरको रक्षा गर्दा मुम्बईका बलरहरूले प्रभाव पार्न सकेनन् । पहिलो ओभरमा चेन्नईलाई जेसन बेहरेनडोर्फले स्तब्ध बनाएका थिए तर पछि रहाणे र गायकवाडले दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गरे । यो साझेदारीपछि खेल चेन्नईको पक्षमा आयो । सिएसकेका लागि शिवम दुबेले २८ र अजिंक्य रहाणेले ६१ रन बनाए । डेभन कोनवे शून्य रनमा आउट भए । मुम्बईका पियुष चावला, कुमार कार्तिकेय र जेसन बेहरेनडर्फले पनि एक एक विकेट लिए ।

चेन्नई सुपर किंग्सबाट डेब्यु गरेका अजिंक्य रहाणे मुम्बईविरुद्ध नम्बर ३ मा ब्याटिङ गर्न आएका छन् । उनले यो अवसरको सदुपयोग गर्दै १९ बलमा अर्धशतक पूरा गरे । यो आईपीएल सिजनको सबैभन्दा छिटो अर्धशतक हो । उनले कोलकाताका शार्दुल ठाकुर र राजस्थानका जोस बटलरलाई पछि पारे । दुवैले २० बलमा अर्धशतक बनाएका थिए । रहाणेले दोस्रो विकेटका लागि गायकवाडसँग ४४ बलमा ८२ रनको साझेदारी गरे ।

१५८ रनको लक्ष्य पछ्याएको चेन्नईलाई पहिलो ओभरमा नै डेभन कोनवेको रूपमा झटका लाग्यो । उनी खाता नखोल्दै जेसन बेहरेन्डर्फले उनलाई बोल्ड गरेका थिए । त्यसपछि आएका अजिंक्य रहाणेले पावरप्लेमा नै अर्धशतक पूरा गरे । उनले ऋतुराज गायकवाडसँग मिलेर ६ ओभरमा टोलीको स्कोर ६८ रनमा पुर्याएका थिए ।

मुम्बईको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको टोलीले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । ओपनर इशान किशनले २१ बलमा ३२ रनको संघर्षपूर्ण इनिङ्स खेले भने टिम डेभिडले २२ बलमा ३१ रन बनाए । तिलक वर्माले २२ रनको योगदान दिए । बाँकी ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

चेन्नईका लागि रविन्द्र जडेजाले ३ विकेट लिए । मिचेल सान्टनर र तुषार देशपाण्डेले २–२ विकेट लिए ।