२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदले उठाएका विषयमा सरकारले चासो नदेखाएको भन्दै हरि ढकालले गरे मौनधारण



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिनिधिसभाको शुन्य समयमा मौनधारण गर्नु भएको छ ।

सांसदहरुले संसदमा उठाएका विषय सरकारले नसुनेको भन्दै त्यसको विरोधमा उहाँले सो समय मौनधारण गरेर व्यथित गर्नु भएको हो । उहाँले भन्नु भयो, ‘सम्माननीय सभामुख महोदय,… यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शुन्य समयमा मौन धारण गरेँ । धन्यवाद’

प्रतिनिधिसभा नियमावली अनुसार शुन्य समयमा एक मिनेटको समय तोकिएको हुन्छ । सोही समयमा बोल्न उभिनु भएका सांसद ढकालले भने ‘सम्माननीय सभामुख महोदय,…’भनेर मौन बस्नु भयो । र, पछि ‘यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शुन्य समयमा मौनधारण गरेँ’ भनेर आफ्नो भनाई अन्त्य गर्नु भएको थियो ।