१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल: हैदराबाद र लखनउ भिड्दै



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा आज सनराईजर्स हैदराबाद र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।

लखनउको घरेलु मैदान एकना स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका ७:४५ बाट सुरु हुनेछ ।

आज लखनउले यस सिजनको तस्रो खेल खेल्दैछ भने हैदराबादले दोस्रो खेल खेल्दैछ ।

पहिलो खेलमा लखनउले दिल्ली क्यापिटल्सलाई ५० रनले सहज रुपमा हराएको थियो भने दोस्रो खेलमा चेनई सुपर किंग्ससँग पराजित भएको थियो । लखनउ आजको खेलमा हैदराबादलाई हराएर दोस्रो जित हात पार्ने सोचमा छ ।

पहिलो खेलमा राजस्थान रोयल्ससँग ७२ रनले पराजित भएको हैदराबाद पहिलो जितको खोजीमा रहेको छ।

हेड टु हेड:

आईपीएलमा हैदराबाद र लखनउबीच हालसम्म १ खेल भएको छ । जसमा लखनउ विजयी रहेको छ।