३ भाद्र २०८३, बुधबार
,
Latest
जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाटिदारले आईपीएल गुमाउने, विकल्प खोज्दै आरसीबी



अ+ अ-

एजेन्सी । खुट्टाको चोटबाट पीडित रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का शीर्ष क्रमका ब्याट्सम्यान रजत पाटिदारले इन्डियन प्रिमियर लिग (आईपीएल)को जारी सिजन गुमाउने भएका छन् । पाटिदार खुट्टा (गोलीगाँठा)को शल्यक्रिया गराउन बेलायत जाने भएका छन् । हाल उनलाई राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए)का चिकित्सकले आराम गर्न सल्लाह दिएका छन् ।

आरसीबीले यो साता दायाँ हाते ब्याट्सम्यान फिट हुने अपेक्षा गरेको थियो तर त्यसो भएन । यस्तो अवस्थामा अब बैंगलोरले उनको विकल्पबारे सोच्नुपर्छ । अजहरुद्दिन उनको विकल्प हुन सक्छन् । यद्यपि आरसीबीले पाटिदारको स्थानमा अन्य खेलाडीको घोषणा गरेको छैन ।

आरसीबीले मंगलबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमा पाटिदार इन्डियन प्रिमियर लिगबाट बाहिरिएको जानकारी पोस्ट गरेको थियो । ‘दुर्भाग्यवश रजत पाटिदार खुट्टाको चोटका कारण आईपीएल २०२३ बाट बाहिरिएका छन् । रजतको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’

चोटका कारण आईपीएल १० खेलाडीले आईपीएल खेलेका छैनन् भने १० भन्दा बढी खेलाडी चोटका कारण जारी आईपीएलबाट बाहिर भएका छन् । जसमा मुम्बई, बेंगलुरु र चेन्नईका २–२ खेलाडी र दिल्ली, पञ्जाब, राजस्थान र गुजरातका एक–एक खेलाडी छन् । बाहिरिने खेलाडीमा मुम्बईका जसप्रित बुमराह र जोय रिचर्डसन, सीएसकेका मुकेश चौधरी र जेमसन, आरसीबीका विल ज्याक छन् ।

पाटीदारले गत सिजन आरसीबीका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले आठ खेलमा १५२.७५ को स्ट्राइक रेटमा ३३३ रन बनाएका थिए । उनले एक शतक समेत प्रहार गरेका थिए ।