३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाटिदारले आईपीएल गुमाउने, विकल्प खोज्दै आरसीबी



अ+ अ-

एजेन्सी । खुट्टाको चोटबाट पीडित रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का शीर्ष क्रमका ब्याट्सम्यान रजत पाटिदारले इन्डियन प्रिमियर लिग (आईपीएल)को जारी सिजन गुमाउने भएका छन् । पाटिदार खुट्टा (गोलीगाँठा)को शल्यक्रिया गराउन बेलायत जाने भएका छन् । हाल उनलाई राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए)का चिकित्सकले आराम गर्न सल्लाह दिएका छन् ।

आरसीबीले यो साता दायाँ हाते ब्याट्सम्यान फिट हुने अपेक्षा गरेको थियो तर त्यसो भएन । यस्तो अवस्थामा अब बैंगलोरले उनको विकल्पबारे सोच्नुपर्छ । अजहरुद्दिन उनको विकल्प हुन सक्छन् । यद्यपि आरसीबीले पाटिदारको स्थानमा अन्य खेलाडीको घोषणा गरेको छैन ।

आरसीबीले मंगलबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमा पाटिदार इन्डियन प्रिमियर लिगबाट बाहिरिएको जानकारी पोस्ट गरेको थियो । ‘दुर्भाग्यवश रजत पाटिदार खुट्टाको चोटका कारण आईपीएल २०२३ बाट बाहिरिएका छन् । रजतको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’

चोटका कारण आईपीएल १० खेलाडीले आईपीएल खेलेका छैनन् भने १० भन्दा बढी खेलाडी चोटका कारण जारी आईपीएलबाट बाहिर भएका छन् । जसमा मुम्बई, बेंगलुरु र चेन्नईका २–२ खेलाडी र दिल्ली, पञ्जाब, राजस्थान र गुजरातका एक–एक खेलाडी छन् । बाहिरिने खेलाडीमा मुम्बईका जसप्रित बुमराह र जोय रिचर्डसन, सीएसकेका मुकेश चौधरी र जेमसन, आरसीबीका विल ज्याक छन् ।

पाटीदारले गत सिजन आरसीबीका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले आठ खेलमा १५२.७५ को स्ट्राइक रेटमा ३३३ रन बनाएका थिए । उनले एक शतक समेत प्रहार गरेका थिए ।