६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नगरपालिकाको आन्तरिक आम्दानीबाट तीन पुल निर्माण



अ+ अ-

भरतपुर । चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षमा तीन वटा पुल निर्माण गरेको छ । गत आर्थिक वर्षमा दुई वटा पुल निर्माण गरेको यस नगरपालिकाले यो वर्ष थप तीन पुल निर्माण गरेको हो । वडा नं २ को लदरी खोला, वडा नं ९ को चात्रा खोला तथा वडा नं ७ र ९ लाई जोड्ने पम्फा खोलामा पुल निर्माण गरिएको नगर प्रमुख लालमणि चौधरीले जानकारी दिनुभयो । नगरकै आन्तरिक आम्दानीबाट ती पुल बनाइएको हो ।

नगरपालिकाले नगर गौरवका आयोजनामा पारेर ती पुल निर्माण गरेको हो । “कोरोना भाइरसले गत वर्ष केही ठूला योजना पूरा हुन पाएनन्”, नगर प्रमुख चौधरीले भन्नुभयो, “कोरोना कहरका बीच पनि नगर गौरवका आयोजनासहित अन्य योजनाका काम धमाधम भइरहेका छन् ।”

खैरहनी–९ को सिमलटाँडीदेखि दक्षिणतर्फ सुल्तनामा रु दुई करोड २४ लाखको लागतमा पुल निर्माण गरिएको छ । खैरहनी–७ र ९ लाई जोड्ने सो पुलले दुवै वडाका बासिन्दालाई आवागमन गर्न सहज भएको छ । केबीसी विल्डर कम्पनी भरतपुरले ठेक्का सम्झौता गरेर काम गरेको थियो ।

खैरहनी–२ लदरा खोलामा रु एक करोड ९५ लाखमा जीएमआर कन्स्ट्रक्सन प्रालि भरतपुरले पुल निर्माण गरेको नगरपालिका योजना शाखा प्रमुख इञ्जीनियर सुमन श्रेष्ठले बताउनुभयो । लदरी पुलको एप्रोज स्लाब ढलान र पुलको दायाँ बायाँ जाली लगाउने काम बाँकी रहेको छ । सो पुलबाट खैरहनी–२, ३ र ४ का स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन् ।

त्यस्तै सडक बोर्डको गलत डिजाइनका कारण खैरहनी–९ चात्रा खोलामा निर्माण हुन नसकेको पुल नगरपालिका आफैँले बनाउँदै छ । रु एक करोड सात लाखमा सम्झौता भएकामा अहिले निर्माणको काम भइरहेको छ । एमआरएन्ड गु्रप डीएनवी जेवी भरतपुरलाई ठेक्का परेको हो । सो पुलको पनि एप्रोज स्लाब ढलान, जाली लगाउने र रेलिङ हाल्ने काम बाँकी रहेको इञ्जीनियर श्रेष्ठले बताउनुभयो । पुल निर्माणपछि खैरहनी–९, राप्ती–८ र ९ का स्थानीयवासीलाई बजार आवातजावतमा सहज हुनेछ ।