१५ असार २०८३, सोमबार
,
Latest
लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ को नाम कोशी राख्ने निर्णय तत्काल सच्याइनुपर्छः विप्लव



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले प्रदेश १ को नाम कोशी राख्ने निर्णय तत्काल सच्याउन माग गर्नु भएको छ ।

जनताको चित्त बुझाउने गरी किरात, राई, लिम्बु सबैलाई मिलाएर सो प्रदेशको नामाकरण गर्नुपर्ने उहाँको जिकीर थियो । श्रमिक समूदाय मोर्चा, नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले भूगोल वा जाति विशेषको आधारमा नभई स्थानीय जनता आफै समाहित हुने गरी प्रदेशहरुको नाम राख्न उपयुक्त हुने तर्क समेत गर्नु भयो ।

उहाँले जनतालाई पीडा हुने गरी राज्यसत्ताले अधिनायकवादी शासन लादीरहेको आरोप पनि लगाउनु भयो । महासचिव विप्लवले भन्नु भयो, ‘जातिवाद समाजको लागि घातक कुरा हो । त्यो स्विकार्य हुँदैन । स्विकार्नु हुँदैन । तर पहिचान भनेको छुट्टै कुरा हो । जातिको आफ्नो भाषा, संस्कृति, आफ्नो स्वतन्त्रता त्यो चाहिन्छ । आज हामी पूर्वमा भन्छौं नि । पूर्वका किरात प्रदेश राखे के फरक पर्छ ? अझ लिम्बुहरुको पनि छ त्यहाँ । अझ कोचको पनि छ । त्यो सबैलाई जोडेर कोच, लिम्बु, राई सबैको केन्द्रित गरेर एउटा साझा नाम । त्यहाँका जनताहरुलाई चित्त बुझ्दो नाम राखे के फरक पर्छ ?

के कोशी राख्ने वित्तिकै त्यहाँ जातिय पहिचान नहुने अरु राखेपछि मात्रै हुने कुरा हो ? त्यो त शासक वर्गीय चिन्तन हो । अहिलेसम्मकमा नेपाल शासकहरुले सोच्ने चिन्तन हो त्यो । भूगोल विशेषको कारणबाट हेर्ने वा जाति विशेषको कारणबाट हेर्ने आफैंले ब्याख्या गर्ने दृष्टिकोण गलत हो । त्यहाँ जनता सन्तुष्ट हुुनुपर्दछ । र, जनता आफैंले आफू समाहित भएको, समेटिएको, आफ्नो स्वतन्त्रता कायम भएको अनुभूति गर्नु पर्छ । प्रजातन्त्र भनेको जनताको अनुभूति हो । जनता पीडित भएको अनुभूति गर्छन भने त्यो प्रजातन्त्र अधिनायकवादी हुन्छ । त्यो प्रजातन्त्र जनताको होइन ।’

महासचिव विप्लवले जातिवाद मुलुकका लागि कुनै पनि हालतमा स्विकार्य नहुने पटकपटक दोहो¥याउनु भयो । उहाँले शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी बढाउन पनि सरकारलाई दवाव सचेत गराउनु भयो ।