• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   नेपालले टस जितेर फिल्डिङ रोज्यो ★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण

जावलाखेल शीर्ष स्थानमा उक्लिदा चर्च व्वाईज बराबरीमा रोकियो



काठमाडौँ । सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै जावलाखेल युथ क्लव राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा सातदोबाटोलाई शुरुवातबाटै दबाब दिएर खेल्दा सुखद् नतिजा निकाल्न सफल भएको हो । निकै रोमाञ्चक र प्रतिष्पर्धात्मक बनेको खेलमा जावलाखेलका दुवै गोल विदेशी खेलाडीले गर्दा सातदोबाटोका लागि दीपकराज सिंह ठकुरीले सान्तोवना गोल फर्काएका थिए । जावलाखेलका लागि फोडे फोफना र एनकोटो मोसाबीले गोल गरेका थिए ।

सिजनको अप्रत्यसासित नतिजासहित जारी लिगमा राम्रो खेलिरहेको जावलाखेलबिरुद्ध सातदोबाटोले शुरुवात भने आक्रामक खेलेको थियो । तर बलियो जावलाखेलको रक्षापंक्तिले विफल बनाउन सफल भएको थियो । तर पहिलो हाफको अन्त्यतिर काउन्टरको प्रयास गरेको जावलाखेलले ४३ औं मिनेटमा अग्रता निकाल्न सफल भएको थियो । खराब फाउलका कारण पेनाल्टी पाएको जावलाखेलका लागि फोफानाले पेनाल्टीमार्फत गोल अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको जावलाखेलले दोस्रो हाफको शुरुवाती पाँच मिनेटपछि नै अग्रता दोब्बर बनायो । ५० औं मिनेटमा सिनोस मासोबीले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । दुई गोलले पछि रहेको सातदोबाटोका लागि दीपक सिंह ठकुरीले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेपनि बाँकी समयमा थप गोल हुन सकेन र जावलाखेलले रोमाञ्चक जित निकाल्यो । यस जितेसँगै जावलाखेलको ६ खेलबाट १३ अंक छ भने सातदोबाटोको १२ अंक रहेको छ ।

लिग अन्र्तगत मंगलवार नै च्यासल मैदानमा भएको खेलमा न्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाईटेडले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिष्पर्धात्मक बनेको खेलमा चर्च ब्वाईजले शुरुवाती अग्रता लिएपनि जोगाउन असफल रहेको थियो । खेलको २० औं मिनेटमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए । ६२ औं मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजको अग्रता २–० पु¥याएको खेलमा ७१ औं मिनेटमा रोशन खड्कीले गोल गर्दै एनआरटीलाई २–१ को स्थितिमा ल्याएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा सरोज तामाङले गोल गर्दै एनआरटीलाई २–२ गोलको बराबरीमा ल्याउँदै एनआरटी हारबाट जोगिएको हो । यस बराबरीसँगै एनआरटीले ६ खेलमा ३ अंक जोडेको छ । एनआरटी १३ औं स्थानमा रहेको छ । यस्तै स्टार खेलाडीले भरिएको चर्च ब्वाइजले ६ खेलमा १२ अंक जोडेको छ । चर्च ब्वाइज तेस्रो स्थानमा रहेको छ ।