१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल

बंगलादेशसँग १० वर्षअघिको बदला लिने धुनमा नेपाल

बंगलादेशसँग १० वर्षअघिको बदला लिने धुनमा नेपाल
अ अ+ अ-

काठमाडौँ । जारी आईसीसी टी–२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले भोलि सोमबार पुरानो प्रतिद्वन्द्वी बंगलादेशसँग भिडन्त गर्दैछ । किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा हुनलागेको खेल बिहान ०५:१५ बजे सुरु हुनेछ ।

भोली नेपाल बंगलादेशसँग १० वर्षअघि व्यहोरेको हारको बदला लिने प्रयासमा हुनेछ । सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपको पहिलो चरणमा नेपालले घरेलु टोलीसँग पराजित भएको थियो । पराजित भएसँगै नेपाल नेट रनरेटमा पछाडि रहेर दोस्रो चरण पुग्न सकेको थिएन ।नेपालभन्दा अगाडि रन रेटमा रहँदै बंगलादेश ‘सुपर टेन’ चरणमा पुग्न सफल भएको थियो । बंगलादेशको नेट रन रेट १.४६६ र नेपालको नेट रन रेट ०.९३३ रहेको थियो । झिनो अन्तरका कारण नेपाल ‘सुपर टेन’ चरणमा पुग्नबाट वञ्चित भएको थियो ।

नेपाल जारी विश्वकपमा उपाधि होडबाट बाहिरिइसकेकोले बंगलादेशविरुद्ध पुरानो चोटको बदला लिने र आफ्नो प्रतिष्ठा उच्च बनाउने उद्देश्यले मैदानमा ओर्लने छ । तर, बंगलादेशको लागि भने भोलीको खेल निकै महत्वपूर्ण रहेको छ । हालसम्म विश्वकपको ‘सुपर–८’ चरणमा पुग्ने सातवटा टोलीको टुङ्गो लागेको छ । बाँकि एक टोली भने नेपालको समुह डी बाट जानेछन् । जसमा बंगलादेश र नेदरल्यान्ड्स दौडमा छन् ।

नेदरल्यान्ड्स र श्रीलंकाबिचको खेल पनि भोलि सोमबार बिहान ०६:१५ बजे सुरु हुनेछ । समूह ‘डी’ मा हालसम्म दक्षिण अफ्रिका चार खेलमा सबै जित्दै शिर्ष स्थानमा रहदै ‘सुपर–८’ मा पुगिसकेको छ । चार अङ्कसहित बंगलादेश दोस्रो र दुई अङ्कसहित नेदरल्यान्ड्स तेस्रो स्थानमा आसीन छन् । एक अङ्क बटुलेको नेपाल र श्रीलंका भने समूहगत चरणबाटै घर फर्किने निश्चित भइसकेको छ ।

आइतबारको खेलमा नेपाललाई पराजित गरे बंगलादेश ६ अङ्कसहित सजिलै ‘सुपर–८’ चरणमा पुग्नेछ । नेपाल र बंगलादेशबिचको खेल बराबरी वा अनिर्णीत रूपमा सकिए पनि पाँच अङ्कसहित बंगलादेश ‘सुपर–८’ चरणमा प्रवेश गर्नेछ । तर, उक्त खेलमा नेपालसँग पराजित भएमा नेदरल्यान्ड्स र श्रीलंकाबिचको खेलको नतिजापछि मात्र ‘सुपर–८’ चरणमा पुग्ने आठौँ टोलीको टुङ्गो लाग्नेछ ।

जारी विश्वकपमा नेपालले यसअघि तीन खेल खेलेकोमा दुई खेलमा पराजित भएको छ । नेपालको एक खेल भने अनिर्णीत रह्यो । नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । नेपाल र श्रीलंकाबिच हुने भनिएको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । तेस्रो खेलमा भने नेपाली टोली बलियो टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग केवल एक रनले पराजित भएको थियो ।

नेपालको सम्भावित प्लेईङ​ ११:

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिल साह, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्नस झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र अविनाश बोहरा ।

बंगलादेशको सम्भावित प्लेईङ​ ११:

नजमुल होसैन सान्तो (कप्तान), तानजिद हसन, लिटन दास (विकेटकिपर), सकिब अल हसन, तोहिद हृदोय, महमुदुल्लाह, जाकेर अली, रिसाद होसैन, तानजिम हसन, तास्किन अहमद र मुस्तफिजुर रहमान ।