२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतम गम्भीर भारतीय टोलीको मुख्य प्रशिक्षक बन्ने !



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टोलीले राहुल द्रविडको प्रशिक्षकमा जारी टी–२० विश्वकप खेल्दैछ । यो प्रतियोगितापछि राहुल द्रविडको कार्यकाल समाप्त हुनेछ । यसैलाई ध्यानमा राख्दै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) नयाँ प्रशिक्षकको खोजीमा व्यस्त छ । यो खोजको बीचमा गौतम गम्भीरको नाम भारतीय मिडिया रिपोर्टमा निकै चर्चामा आईरहेको छ । गौतम गम्भीर टीम इन्डियाको अर्को प्रशिक्षक हुने दाबी गरिएको छ ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणको रिपोर्टका अनुसार बीसीसीआई स्रोतले गम्भीर र बोर्डबीच वार्ता भएको बताएको छ । गम्भीरले वर्तमान मुख्य प्रशिक्षक राहुल द्रविडको स्थान लिने बताईएको छ।

मुख्य प्रशिक्षक बनेपछि गौतम गम्भीरले ब्याटिङ, बलिङ र फिल्डिङ प्रशिक्षकलाई आफ्नो मनपर्ने सपोर्ट स्टाफ छनोट गर्ने दैनिक जागरणले बताएको छ। अहिले ब्याटिङ प्रशिक्षकमा विक्रम राठौर छन् । यसबाहेक बलिङ प्रशिक्षकको भूमिकामा पारस महाम्बरे र फिल्डिङ प्रशिक्षकको भूमिकामा टि दिलीप रहेका छन् ।

रवि शास्त्री टिम इन्डियाको प्रमुख बनेपछि विक्रम राठौरलाई ब्याटिङ कोच बनाइएको थियो । द्रविडले पारस महाम्बरे र टी दिलीपलाईबलिङ र फिल्डिङ प्रशिक्षक परिवर्तन गरेका थिए।

गम्भीर मुख्य प्रशिक्षक बन्ने बारे कुनै आधिकारिक जानकारी भने आएको छैन। गम्भीरले यस वर्ष खेलेको आईपीएल २०२४ मा कोलकाता नाइट राइडर्सको मेन्टरको भूमिका निभाएका थिए । केकेआर गम्भीरको प्रशिक्षकमा च्याम्पियन बनेको थियो। यदि गम्भीर टीम इन्डियाको मुख्य प्रशिक्षक बने भने उनले केकेआरका खेलकुद कर्मचारीसँगको सम्बन्ध अन्त्य गर्नुपर्नेछ ।