१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल

गौतम गम्भीर भारतीय टोलीको मुख्य प्रशिक्षक बन्ने !

गौतम गम्भीर भारतीय टोलीको मुख्य प्रशिक्षक बन्ने !
अ अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टोलीले राहुल द्रविडको प्रशिक्षकमा जारी टी–२० विश्वकप खेल्दैछ । यो प्रतियोगितापछि राहुल द्रविडको कार्यकाल समाप्त हुनेछ । यसैलाई ध्यानमा राख्दै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) नयाँ प्रशिक्षकको खोजीमा व्यस्त छ । यो खोजको बीचमा गौतम गम्भीरको नाम भारतीय मिडिया रिपोर्टमा निकै चर्चामा आईरहेको छ । गौतम गम्भीर टीम इन्डियाको अर्को प्रशिक्षक हुने दाबी गरिएको छ ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणको रिपोर्टका अनुसार बीसीसीआई स्रोतले गम्भीर र बोर्डबीच वार्ता भएको बताएको छ । गम्भीरले वर्तमान मुख्य प्रशिक्षक राहुल द्रविडको स्थान लिने बताईएको छ।

मुख्य प्रशिक्षक बनेपछि गौतम गम्भीरले ब्याटिङ, बलिङ र फिल्डिङ प्रशिक्षकलाई आफ्नो मनपर्ने सपोर्ट स्टाफ छनोट गर्ने दैनिक जागरणले बताएको छ। अहिले ब्याटिङ प्रशिक्षकमा विक्रम राठौर छन् । यसबाहेक बलिङ प्रशिक्षकको भूमिकामा पारस महाम्बरे र फिल्डिङ प्रशिक्षकको भूमिकामा टि दिलीप रहेका छन् ।

रवि शास्त्री टिम इन्डियाको प्रमुख बनेपछि विक्रम राठौरलाई ब्याटिङ कोच बनाइएको थियो । द्रविडले पारस महाम्बरे र टी दिलीपलाईबलिङ र फिल्डिङ प्रशिक्षक परिवर्तन गरेका थिए।

गम्भीर मुख्य प्रशिक्षक बन्ने बारे कुनै आधिकारिक जानकारी भने आएको छैन। गम्भीरले यस वर्ष खेलेको आईपीएल २०२४ मा कोलकाता नाइट राइडर्सको मेन्टरको भूमिका निभाएका थिए । केकेआर गम्भीरको प्रशिक्षकमा च्याम्पियन बनेको थियो। यदि गम्भीर टीम इन्डियाको मुख्य प्रशिक्षक बने भने उनले केकेआरका खेलकुद कर्मचारीसँगको सम्बन्ध अन्त्य गर्नुपर्नेछ ।