१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल

सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ

सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ
अ अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सलमान खानको घरमा गोली प्रहार गरेको घटनामा मुम्बई अपराध शाखाको टोलीले बून्दी जिल्लाको हिन्दौलीबाट एक आरोपीलाई पक्राउ गरेको छ । आरोपीलाई पक्राउ गरी मुम्बई लगिएको छ ।

हालै एक युट्युब च्यानलमा लरेन्स बिश्नोई गिरोहको चर्चा गर्दै उनले सलमान खानको हत्या गर्ने योजनाको उल्लेख गरेका थिए । आरोपीले आफ्नो युट्युब च्यानल ‘हे छोडो यार’ मा भिडियोमार्फत बिश्नोईको चर्चा गरेका थिए ।

म्बई पुलिसले पक्राउ गरेको व्यक्तिको नाम बनवारीलाल लातुरलाल गुर्जर रहेको एसपी हनुमान प्रसाद मीनाले बताए । अभियुक्त कुख्यात गुण्डा नाइके लरेन्स बिश्नोई गिरोहबाट प्रभावित रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यस मामिलामा बनवारीलाल कतिसम्म संलग्न छन् भन्ने खुलाइएको छैन । सलमान खानको धम्की प्रकरणको अनुसन्धान गरिरहेको मुम्बई क्राइम ब्रान्चले पनि उनीविरुद्ध मुद्दा दर्ता गरेको छ ।

अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएपछि मुम्बई प्रहरीले देशभर अनुसन्धान गरिरहेको छ । अप्रिल १४, २०२४ मा पनि सलमान खानमाथि घातक हमला गर्ने प्रयास गरिएको थियो। अभिनेताको मुम्बईस्थित घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएर दुई जना बाईकमा भागेका थिए।

प्रहरीले गोली चलाउने दुवैलाई भोलिपल्टै गुजरातबाट पक्राउ गरेको थियो । पछि प्रहरीले यस मुद्दामा अर्का अभियुक्त अनुज थापालाई पनि पक्राउ गरेको थियो । तर केही दिनपछि उनले जेलमै आत्महत्या गरेका थिए । प्रहरीले यस विषयमा अझै अनुसन्धान गरिरहेको छ ।