१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल

पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार

पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार
अ अ+ अ-

वाग्द्वार । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मतीको उद्गमस्थल वाग्द्वार पछिल्लो समय पदयात्रा गर्दै बिदा मनाउने स्थलका रुपमा विकास हुन थालेको छ ।

गोकर्णेश्वर नगरपालिका–८ माकालबारीमा स्थायी बसोबास गरी राजधानीको एक परामर्श कम्पनीमा कार्यरत हरिप्रसाद सुवेदी शनिबारको बिदा मनाउन वाग्द्वार पुग्नुभयो । सुन्दरीजलबाट माथि लागेपछि नै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको हरियाली वातावरणमा रमाउँदै जाँदा हप्ता दिनको थकान मेटिएको अनुभव उहाँले सुनाउनुभयो । मुहान क्षेत्रको वाग्मती सफाइ अभियानकर्मीको समूहसँगै उहाँ पदयात्रा गर्दै वाग्द्वार पुग्नुभएको हो ।

काठमाडौँ उपत्यकामा विभिन्न पेसा र व्यवसायी गरी बसेका सुवेदीजस्तै धेरै मानिसले साप्ताहिक बिदा मनाउने गन्तव्यका रुपमा यस क्षेत्रलाई रोज्न थालेका छन् । बढ्दो गर्मीमा एक दिन बिदा पाएकाहरु उपयुक्त गन्तव्यको खोजीमा हुन्छन् । यस्तो बेलामा धेरैले वन, जङ्गल, शीतल, छहारी खोज्ने गर्छन् । यस्तो खोजीमा रहनेहरुका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बीचमा रहेको वाग्द्वार उपयुक्त गन्तव्य बन्न थालेको छ ।

वाग्द्वार पुग्न सुन्दरीजल, तारेभीर र बूढानीलकण्ठ गरी तीन मार्गबाट जान सकिन्छ । सुन्दरीजलबाट मूलखर्क, ओखरेनी, देउराली हुँदै त्यहाँ पुग्न सकिन्छ । यो मार्गबाट जाँदा साधन हुनेले देउरालीसम्म लिएर जान सक्छन् । देउरालीबाट करिब सवा घण्टाको पैदल यात्रापछि वाग्द्वार पुगिन्छ । सार्वजनिक यातायात प्रयोग गर्नेले भने रत्नपार्कबाट सुन्दरीजल हुँदै ओखरेनी जाने बस कुर्नुपर्ने हुन्छ । यस रुटमा दिनमा तीन वटा बसमात्र जाने भएकाले बस कुरेर बस्नुपर्ने बाध्यता छ ।

तारेभीरबाट पनि वाग्द्वारको पदयात्रामा पुग्न सकिन्छ । रत्नपार्कबाट गोकर्ण, सुन्ताखान हुँदै तारेभीरसम्म सवारी साधनमा जान सकिन्छ । तारेभीरसम्म जाने सार्वजनिक यातायात नभएकाले पदयात्री आफैँले व्यवस्था गर्नुपर्ने हुन्छ । सुन्ताखानसम्म भने रत्नपार्कबाट सार्वजनिक यातायात पाइन्छ । त्यस क्षेत्रमा अटो सेवा भने उपलब्ध छ । तारेभीरबाट पनि करिब दुई घण्टाको पदयात्रापछि वाग्द्वार पुग्न सकिन्छ । यो मार्गबाट वाग्द्वार पुग्दा पनि पदयात्रीले आनन्दानुभूति गर्छन् ।

गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी पण्डितगाउँका स्थानीयवासी हेमन्तकेशर पण्डित सुन्दरीजलबाट सार्वजनिक यातायात र पैदलगरी करिब तीनदेखि चार घण्टामा वाग्द्वार पुगिने गरेको बताउनुहुँदै गोकर्णबाट तारेभीर हुँदै जाँदा तीन घण्टामै वाग्द्वार पुग्न सकिने बताउनुहुन्छ । सुन्दरीजलभन्दा यो मार्ग छोटो भएकाले तारेभीरसम्म सार्वजनिक यातायातको राम्रो प्रबन्ध गरे वाग्द्वार जाने आन्तरिक एवं बाह्य पर्यटक बढ्ने उहाँ बताउनुहुन्छ ।

बूढानीलकण्ठबाट पनि करिब दुई घण्टामै वाग्द्वार पुग्न सकिन्छ । यो मार्गबाट पनि गुम्बा नजिकैसम्म यातायात र त्यसपछि करिब पौने घण्टाको पैदल यात्रापछि वाग्द्वार पुग्न सकिन्छ । निकुञ्जको शीतलता अनुभव गर्दै यातायात र पैदल गरी वाग्द्वार पुगेर पदयात्रीले बिदा मनाउँदै आनन्द लिन सक्छन् । राजधानीमा पाँच वर्षमै बढी तापक्रम मापन भइरहेको दिन शनिबार निकुञ्जको मार्ग हुँदै वाग्द्वार पुग्ने पदयात्रीले भने शीतलता र आनन्दानुभूति गरे ।

बूढानीलकण्ठबाट साथीहरुसँगै वाग्द्वार पुग्नुभएकी टोखाकी सन्ध्या श्रेष्ठ महिनामा एकपटक पैदल यात्रा गरेर निकुञ्जको बाटो हिँड्ने अनुभव गरिएको सुनाउनुहुन्छ । यसो गरेमा शरीरमा स्वच्छ अक्सिजनको प्रवाह हुने अनुभूति गरेको उहाँले बताउनुभयो । विभिन्न मार्ग प्रयोग गरी वाग्द्वार पुगेका सबै पदयात्रीको समान अनुभूति भनेको असारको उखरमाउलो गर्मीमा शीतलताको अनुभूति हो । यसले काममा पनि तरोताजा भइने सबैको समान धारणा छ ।

वाग्द्वार क्षेत्रका तीर्थ एवं पर्यटकीय स्थल

वाग्द्वार करिब दुई हजार पाँच सय मिटरको उचाइमा पर्छ । वाग्द्वार खोँच परेको स्थानमा भएकाले गर्मीको समयमा धेरै घाम लाग्दैन । केही बेर लाग्ने घाम पनि रुख, बिरुवाको छहारीले छेकिदिन्छ । तीन घण्टासम्मको पदयात्रा गरेर असिन पसिन भई वाग्द्वार पुगेका पदयात्रीलाई कुनामा धाराबाट झरेको कलकल पानी र चराचुरुङ्गीको आवाजले स्वर्गकै अनुभूति हुन्छ । यहाँबाट करिब २० देखि ३० मिनेटको दूरीमा तीन चुली भन्ने अग्लो भाग पुग्न सकिन्छ । यहाँ करिब २२ वर्षसम्म स्वामी चन्द्रेशले तपस्या गरेर बस्नुभयो । यसभन्दा केही माथिको भागमा शिवपुरी बाबाले तपस्या गर्नुभएको थियो ।

वाग्द्वारबाट शिवपुरी डाँडा ३० देखि ४० मिनेटको दूरीमा छ । रमणीय यो डाँडामा पदयात्रा गरी पुग्न आन्तरिक र बाह्य पर्यटक लालायित हुन्छन् । यसको नजिकैबाट नै नुवाकोट जिल्लाको सीमा सुरु हुन्छ । बूढानीलकण्ठको पानी मुहान वाग्द्वारबाट दुइदेखि साढे दुई घण्टाको दूरीमा रहेको छ । सुन्दरीजल र तारेभीरबाट पदयात्रा गरी गएका पर्यटकको भीड पनि लाग्ने गर्छ । सुन्दरीजल वा तारेभीरबाट वाग्द्वार छिरेर पानीमुहानबाट राजधानी फर्कने पर्यटक धेरै हुने गरेका छन् ।

यस क्षेत्रको अर्को महत्वपूर्ण पर्यटकीयस्थल नागी गुम्बा हो । वाग्द्वार पुग्ने धेरै पर्यटक नागी गुम्बा पनि जाने गर्छन् । शान्ति प्राप्तिका लागि पनि गुम्बा महत्वपूर्ण पर्यटकीयस्थल हो । यो स्थल बौद्ध धर्मावलम्बीका लागि पवित्र तीर्थस्थलका रुपमा रहेको छ ।

वाग्द्वार क्षेत्रमा साधनारत साधुसन्त

वाग्द्वार क्षेत्रमा हाल सत्यानन्द शिवाचार्य ९वाग्द्वार बाबा०, टोड्के बाबा, ॐ बाबालगायतका साधुहरु साधनारत हुनुहुन्छ । वाग्द्वार बाबाले वाग्द्वार वरपर रहेका मठ मन्दिरमा नित्य पूजा र आरती गर्दै आउनुभएको छ । वाग्द्वार क्षेत्रमा बेलुकी बत्तीको व्यवस्था नहुँदा आरती गर्न समस्या हुने गरेको छ । निकुञ्ज प्रशासनलगायतलाई अनुरोध गर्दा पनि बत्तीको व्यवस्था हुन नसकेको वाग्द्वार बाबाले गुनासो गर्नुभयो ।

निकुञ्ज प्रशासनले आफूलाई पानीमुहानस्थित कार्यालयमा बोलाएर असार ७ गते वाग्द्वार छोड्ने गरी तयार पारेको कागजातमा हस्ताक्षर गराएको गुनासो गर्नुभयो । गोकर्णेश्वर नगरपालिका–१ मा पर्ने यो तीर्थस्थलमा नित्य पूजा, आराधना गरिरहेका साधुलाई हटाउन लागिएकामा स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन् । यहाँ रहेको ऐतिहासिक एवं राजनीतिकस्थल बिपी सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेल पूजा, आराधना गरी वाग्द्वार क्षेत्रको सेवा गरिरहेका साधुलाई निकुञ्जले अन्यायपूर्वक निकालेकामा आपत्ति जनाउनुभयो । वाग्द्वार क्षेत्रको धर्म, संस्कृतिमा प्रभाव पार्ने यस्ता काम नगर्न चेतावनी दिइएको उहाँले बताउनुभयो । स्थानीयवासीको माग अनुसार निकुञ्ज प्रशासनले यस्ता काम बन्द नगरे कार्यालय घेराउ गर्न बाध्य हुनुपर्ने स्थानीय मोहन लामाको भनाइ छ ।