१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन

देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन
सोविता गौतम
अ अ+ अ-

ललितपुर। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल सरकारका कानुन अधिकृतहरूलाई देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ काम गर्न निर्देशन दिनुभएको छ ।

आज यहाँ आयोजित दोस्रो कानुन अधिकृत सम्मेलन, २०८३ को समापन समारोहमा उहाँले कानुन मन्त्रालयमा नियमित गरिने कानुन निर्माणका कार्यले सामान्य नागरिकको जीवनमा ठूलो प्रभाव पार्ने भन्दै जिम्मेवारीलाई सचेततापूर्वक निर्वाह गर्न आग्रह गर्नुभयो ।

मन्त्री गौतमले भन्नुभयो, “कानुन निर्माण सामान्य काम हैन, यो देशलाई विधिको शासनमा ढाल्ने काम हो । इतिहासलाई सम्मानित बनाउने, वर्तमानलाई जिम्मेवार र जवाफदेही बनाउने कामले मात्रै त्यो काम राम्रो हुन जान्छ । यसर्थ देशको विकास र विधिको शासन कायम गर्न कर्मचारीको ठूलो भूमिका हुन्छ । द्विविधा बोकेर सेवा गर्नुहुँदैन ।”

उहाँले कर्मचारीको पनि राजनीति नेतृत्वको जति नै जिम्मेवारी हुने भन्दै देश बनाउने काममा सबैले मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले कानुन अधिकृतहरूलाई तथ्य र लगनशील भएर काम गर्न उत्प्रेरित गर्नुभयो ।

“अब कानुन निर्माण गर्ने तौरतरिकालाई परिमार्जन गर्नुपर्छ, तथ्याङ्कलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छ । तथ्याङ्क केन्द्रित हुँदा कानुनी आवश्यकताको वैज्ञानिक आधार तयार हुन्छ”, उहाँले भन्नुभयो,“प्रविधिको सहयोगमा  कानुन निर्माण प्रक्रियालाई सरल, छिटो र प्रभावकारी बनाउन सकिन्छ । त्यसैले कृत्रिम बुद्धिमत्ता र मानव क्षमतालाई संयोजन गरेर काम गरौँ ।”

मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले नेपाल कानुनी राज्य भएकाले कानुनका विषय र संयन्त्रलाई बलियो र क्रियाशील बनाउनुपर्नेमा जोड दिनुभष्यो । उहाँले कार्यशालाबाट आएको सुझावहरूले सुधारका लागि सहयोग पु¥याउने जानकारी दिँदै माथिल्लो तहबाट सुधारका कार्यहरू सुरु भएको उल्लेख गर्नुभयो ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव निर्मला अधिकारी भट्टराईले पूर्वसचिवहरूसँग भएको ज्ञान, सीप र विज्ञतालाई बुझेर कार्यक्षमता अभिवृद्धि गर्ने अवसर प्राप्त भएको बताउनुभयो । उहाँले संविधान संशोधनसम्मका एजेण्डामा कार्यशालाबाट आएका निष्कर्षलाई समेट्न ध्यान दिनुपर्ने बताउनुभयो । रासस