• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ? ★   अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु ★   समाजवादी आन्दोलनको नयाँ प्रवाह शुरु भएको छः झलनाथ खनाल ★   गलत प्रवृत्तिका विरुद्धमा नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यकः अध्यक्ष नेपाल ★   महाकालीको कटान रोक्न कुतियाकबरमा जैविक तटबन्ध ★   आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ: अर्थमन्त्री पुन ★   करेन्ट लागेकालाई बचाउन खोज्नेको मृत्यु, अर्का घाइते

मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण



म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीका युवाले मेला सञ्चालन गरेर भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण गरेका छन् । ‘द मनसुन युवा क्लब’ मा आबद्ध बेनी– ५ र ६ का युवाले चुत्रेनीमा वनभोजस्थल सहितको उद्यान बनाएका हुन् ।

क्लबका अध्यक्ष दिनेश बानियाँले गत तीजका अवसरमा आयोजना गरिएको मेलाको आम्दानी र श्रमदान जुटाएर पर्यटकीय पूर्वाधार बनाइएको बताउनुभयो । “आराम गरेर बस्न मिल्ने फलामको बेञ्च, फुटपाथ, फोहर व्यवस्थापन, चौतारी निर्माण गर्न रु ८० हजार खर्च भएको छ”, उहाँले भन्नुभयो, “मेला सञ्चालन गरेर भएको आम्दानीबाट रङ्ग किनेर उद्यानमा रहेका अग्ला सिसौका रुखलाई रङ्ग्याइएको छ ।”

नगद बाहेक क्लबमा आबद्ध १५ जना युवाले पाँच दिनका दरले श्रमदान गरेका थिए । फोहर व्यवस्थापन गर्ने डष्टविन पनि राखेको छ । बेनी बजारदेखि करिब चार किलोमिटर पश्चिममा रहेको चुत्रेनी म्याग्दी नदीको किनारमा अवस्थित छ । जङ्गलभित्र र म्याग्दी नदीको किनारको सो उद्यान विशेष गरेर गर्मी याममा शीतल हुन्छ ।

एकान्त वातावरणमा आनन्द लिन, तनाव व्यवस्थापन गर्न र शीतलताका लागि चुत्रेनीको उद्यान उपयुक्त गन्तव्य बन्नसक्ने स्थानीय बताउँछन् । सिङ्गा तातोपानी जाने बेनी–दरबाङ सडकको नजिकै उद्यान रहेको छ । जङ्गलको अग्ला सिसौका रुखलाई रङ लगाएर राम्रो पारिएको छ ।

हिँड्ने फुटपाथमा सडक कालोपत्र गर्न प्रयोग हुने रोडा राखिएको छ । पैदलमार्गको दायाँ र बायाँ ढुङ्गालाई आकर्षक बनाएर ठाडो पारी राखिएको छ । उद्यान भएको ठाउँमा यसअघि टहरा र सार्वजनिक शौचालय बनाइसकिएको थियो । सांस्कृति कार्यक्रम गर्न पनि उपयुक्त रहेको सो ठाउँमा भेला, बैठक, सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गर्न सकिन्छ ।