५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण



अ+ अ-

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीका युवाले मेला सञ्चालन गरेर भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण गरेका छन् । ‘द मनसुन युवा क्लब’ मा आबद्ध बेनी– ५ र ६ का युवाले चुत्रेनीमा वनभोजस्थल सहितको उद्यान बनाएका हुन् ।

क्लबका अध्यक्ष दिनेश बानियाँले गत तीजका अवसरमा आयोजना गरिएको मेलाको आम्दानी र श्रमदान जुटाएर पर्यटकीय पूर्वाधार बनाइएको बताउनुभयो । “आराम गरेर बस्न मिल्ने फलामको बेञ्च, फुटपाथ, फोहर व्यवस्थापन, चौतारी निर्माण गर्न रु ८० हजार खर्च भएको छ”, उहाँले भन्नुभयो, “मेला सञ्चालन गरेर भएको आम्दानीबाट रङ्ग किनेर उद्यानमा रहेका अग्ला सिसौका रुखलाई रङ्ग्याइएको छ ।”

नगद बाहेक क्लबमा आबद्ध १५ जना युवाले पाँच दिनका दरले श्रमदान गरेका थिए । फोहर व्यवस्थापन गर्ने डष्टविन पनि राखेको छ । बेनी बजारदेखि करिब चार किलोमिटर पश्चिममा रहेको चुत्रेनी म्याग्दी नदीको किनारमा अवस्थित छ । जङ्गलभित्र र म्याग्दी नदीको किनारको सो उद्यान विशेष गरेर गर्मी याममा शीतल हुन्छ ।

एकान्त वातावरणमा आनन्द लिन, तनाव व्यवस्थापन गर्न र शीतलताका लागि चुत्रेनीको उद्यान उपयुक्त गन्तव्य बन्नसक्ने स्थानीय बताउँछन् । सिङ्गा तातोपानी जाने बेनी–दरबाङ सडकको नजिकै उद्यान रहेको छ । जङ्गलको अग्ला सिसौका रुखलाई रङ लगाएर राम्रो पारिएको छ ।

हिँड्ने फुटपाथमा सडक कालोपत्र गर्न प्रयोग हुने रोडा राखिएको छ । पैदलमार्गको दायाँ र बायाँ ढुङ्गालाई आकर्षक बनाएर ठाडो पारी राखिएको छ । उद्यान भएको ठाउँमा यसअघि टहरा र सार्वजनिक शौचालय बनाइसकिएको थियो । सांस्कृति कार्यक्रम गर्न पनि उपयुक्त रहेको सो ठाउँमा भेला, बैठक, सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गर्न सकिन्छ ।