३ पुष २०८२, बिहीबार
,
Latest
अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेस्टर सिटीका प्रशिक्षक रोजर्स बर्खास्त



अ+ अ-

एजेन्सी । प्रिमियर लिग क्लब लेस्टर सिटीले मुख्य प्रशिक्षक ब्रेण्डन रोजर्सलाई बर्खास्त गरेको छ । प्रिमियर लिगमा क्लबले खराब प्रदर्शन जारी राखेपछि लेस्टरले आइतबार मुख्य प्रशिक्षक रोजर्सलाई बर्खास्त गरेको हो ।

शनिबार मात्रै लेस्टरले क्रिस्टल प्यालेससँग २–१ गोलको हार ब्यहोरेको थियो ।

लेस्टर सिटी जारी सिजनमा रेलिगेसन क्षेत्रमा रहेको छ । लेस्टर २८ खेलमा मात्र २५ अंक जोड्दै १९ औं स्थानमा छ । लेस्टरले २८ खेलमा ७ खेलमा मात्रै जित निकालेको छ । यस्तै १७ खेलमा हार ब्यहोरेको छ ।

फेब्रुअरी २०१९ मा नियुक्त रोजर्सले २०२१ मा लेस्टरलाई एफए कपको उपाधि दिलाएका थिए । ५० वर्षीय रोजर्सले आफ्नो पहिलो दुई पूर्ण सिजनमा लेस्टरलाई लगातार पाँचौं स्थानमा पुर्‍याएका थिए र चेल्सीलाई २०२१ मा हराउँदै एफए कपको उपाधि उचालेका थिए । रोजर्सले लेस्टरमा आफ्नो २०४ खेलमध्ये ९२ खेलमा मात्र जित निकाल्न सके ।