२४ भाद्र २०८३, बुधबार
,
Latest
ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ विपद्पछिको स्वास्थ्य व्यवस्थापनमा दीर्घकालीन तयारी र प्रतिकार्य प्रणाली बलियो बनाउनुपर्नेमा जोड माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानले पनि भारतमा विश्वकप नखेल्ने !



अ+ अ-

एजेन्सी । पाकिस्तान आइसिसी एकदिवसीय विश्वकप खेल्न भारत नजाने सम्भावना देखिएको छ । दुई देशबिचको आन्तरिक राजनीतिको कारण पाकिस्तानले भारतमा विश्वकप नखेल्ने सम्भावना रहेको छ । पाकिस्तानले विश्वकपका खेलहरु बंगलादेशमा खेल्न सक्ने बताईएको छ ।

यसअघि भारतले एसिया कप खेल्न पाकिस्तान नजाने औपचारिक घोषणा गरेको थियो । एसिया कप आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुँदैछ । भारतले एसिया कपका खेलहरु तटस्थ भूमि (नेचुरल भेन्यू) मा खेल्ने बताईएको छ ।

पाकिस्तानले पनि विश्वकप भारतमा नखेलेर बंगलादेशमा खेल्ने छलफल सुरु गरेको छ । पाकिस्तानले एसिया कपकै मोडलमा विश्वकप खेल्ने योजना बनाएको बताईएको छ । दुई साताअघि दुबईमा भएको आइसिसीको बोर्ड बैठकमा यस विषयमा छलफल भएको थियो ।

आइसिसीको बोर्ड बैठकमा पाकिस्तान र भारत दुबैले एकअर्काको देशमा नखेल्ने बताएका थिए । यहि बिषयमा केन्द्रित रहेर बैठकमा एसिया कप र विश्वकप एजेन्डाको रुपमा छलफल भएको थियो। बैठकमा विकल्पको रुपमा बंगलादेश प्रस्ताव गरिएको छ ।

भारत पाकिस्तानमा एसिया कप खेल्न नजादा २०२५ को च्याम्पियन्स ट्रफीमा असर पर्ने अनुमान गरिएको छ । पाकिस्तानले २०२५ फेब्रुअरीमा च्याम्पियन्स ट्रफी आयोजना गर्दैछ ।

पाकिस्तानले २०१८ मा पनि एसिया कप आयोजनाको अधिकार पाएको थियो । तर, भारतको कारण एसिया कप युएईमा भएको थियो । एसिया कप खेल्न भारत पाकिस्तान नगएमा पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने उच्च सम्भावना छ ।