२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहीद स्मारक ए डिभिजन: आज दुई खेल



अ+ अ-

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरणका खेलहरु आजबाट शुरु हुँदैछन् । सोमवार दुई खेलहरु हुनेछन् । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुने भएको छ ।

च्यासल मैदानमा दुई विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लवबीच प्रतिष्पर्धा हुनेछ । खेल दिउँसो २ बजे हुनेछ ।

एपीएफ आज तेस्रो जितको खोजीमा हुनेछ । एपीएफ ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ । पुलिस लिगमा पहिलो जितको खोजिमा हुनेछ । पाँचौं चरणसम्म जित बिहीन पुलिस पहिलो ३ अंकको योजनामा रहेको छ । पुलिस १ अंक जोडेर पुछारमा रहेको छ ।

यस्तै एन्फा कम्प्लेक्समा संकटा क्लव र एफसी खुमलटारबीच प्रतिष्पर्धा हुनेछ । संकटा र खुमलटारबीचको खेल दिउँसो २ बजे शुरु हुनेछ ।