१५ असार २०८३, सोमबार
,
Latest
कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट
तपाईं के खोज्दै हुनुहुन्छ ?

साम्राज्यबादी र बिस्तारवादिको बिरोध गर्नेहरु लम्पसारबादिमा रुपान्तरित: महामन्त्री वर्तौला



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका महामन्त्री राजाराम वर्तौलाले बिदेशीको चाकरी गर्दै खुशी पार्ने होडबाजीले गर्दा मुलुकको स्वाधिनता कमजोर भएको बताएका छन् ।

बिस्तारबाद र साम्राज्यबादको विरुद्ध लड्छु भन्नेहरु लम्पसारबादमा रुपान्तरित भएको भन्दै बर्तौलाले बिदेशी इशारामा चल्ने कठपुतलीहरुबाट नेपालको हित नहुने स्पष्ट पारे । परिबर्तनको गुड्डि हाक्नेहरुले नेपाली युबाहरुलाई खाडिमा रगत पसिना बगाउन बाध्य बनाएको भन्दै उनले युबाहरुले भ्रष्टाचार ,बेरोजगारी र कुशासनको विरुद्धमा बिद्रोह गर्नुपर्नेमा जोड दिए ।

राप्रपा नेपाल निकट मजदुर संगठनको भक्तपुरमा आयोजित अन्तरक्रियामा बोल्दै बर्तौलाले श्रम गर्ने वास्तविक श्रमिकहरुको हकहितको पक्षमा काम गर्ने मजदुर संगठनको रुपमा ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को उदय भएकोले सम्पूर्ण श्रमिक वर्गलाई टुकोनसँग आवद्ध हुन आग्रह गरे । राप्रपा नेपाल आगामी दिनमा शसक्त राष्ट्रबादी प्रजातान्त्रिक शक्तिको रुपमा उदाउने समेत उनको दाबी थियो । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै टुकोनका अध्यक्ष हिक्मतजंग भण्डारीले वास्तविक श्रमिकहरुलाई टुकोनसँग जोड्ने अभियानलाई सबै क्षेत्रम पुर्याउन संगठन कृयाशिल हुने प्रतिबद्धता ब्यक्त गरे ।

टुकोनका उपाध्यक्ष राजेन्द्र लाखाको सभापतित्वमा सम्मन्न सो कार्यक्रममा भक्तपुरबाट टुकोनको केन्द्रीय सचिब पदमा मनोनित हुनुभएका सन्ध्या वासुकला, केन्द्रीय सदस्य बुद्धी बहादुर माकजु ९सानु०, नेपाल निर्माण श्रमिक संघका अध्यक्ष राजु माथ्याजु, नेपाल स्वास्थ्यकर्मी श्रमिक संघका अध्यक्ष डा.विनोद ख्याजु, नेपाल धार्मिक श्रमिक संघका अध्यक्ष हरिशरण त्वाती, नेपाल यातायात श्रमिक संघका अध्यक्ष साधुराम खाइजु, नेपाल व्युटिपार्लर श्रमिक संघका जिल्ला अध्यक्ष तिर्थ नागाजु लगायतलाई जिम्मेवारी पत्र समेत हस्तान्तरण गरिएको थियो ।