३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाओसविरुद्ध नेपालको सुरूआती ११ सार्वजनिक, टीममा तीन परिवर्तन



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलका लागि नेपालले लाओसविरुद्ध सुरूआती ११ सार्वजनिक भएको छ ।

दशरथ रंगशालामा ५: ३० बजे सुरु हुने फाइनलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले टीममा तीन परिवर्तन गरेका छन् । आजको टीममा घाइते अञ्जन विष्टको स्थान दीपकराजसिंह ठकुरी, पुजन उपरकोटीको स्थान मणिकुमार लामा र नवयुग श्रेष्ठको स्थानमा मनिष डाँगीलाई राखिएको छ ।

नेपालले यस प्रतियोगिताको पहिलो खेलमा लाओसलाई २–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो। पहिलो खेलमा नेपालसँग पराजित भए पनि लाओसले दोस्रो खेलमा भुटानलाई २–१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

आजको फाइनल विजेताले पाँच तथा उपविजेताले तीन हजार अमेरिकी डलर प्राप्त गर्नेछन्। यस्तै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले पाँच सय तथा प्लेयर अफ दी म्याचले दुई सय ५० अमेरिकी डलर पाउने छन्।

लाओससँग खेल्ने नेपाली टोली:

गोलकिपर: किरण चेम्जोङ

डिफेन्डर : अनन्त तामाङ, विकास खवास, सनिश श्रेष्ठ, रोहित चन्द

मिडफिल्डर : नविन लामा, मणि कुमार लामा, एरिक विष्ट,

फरवार्ड : आयुष घलान, दिपक सिंह ठकुरी, मनिष डाँगी