२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाओसविरुद्ध नेपालको सुरूआती ११ सार्वजनिक, टीममा तीन परिवर्तन



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलका लागि नेपालले लाओसविरुद्ध सुरूआती ११ सार्वजनिक भएको छ ।

दशरथ रंगशालामा ५: ३० बजे सुरु हुने फाइनलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले टीममा तीन परिवर्तन गरेका छन् । आजको टीममा घाइते अञ्जन विष्टको स्थान दीपकराजसिंह ठकुरी, पुजन उपरकोटीको स्थान मणिकुमार लामा र नवयुग श्रेष्ठको स्थानमा मनिष डाँगीलाई राखिएको छ ।

नेपालले यस प्रतियोगिताको पहिलो खेलमा लाओसलाई २–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो। पहिलो खेलमा नेपालसँग पराजित भए पनि लाओसले दोस्रो खेलमा भुटानलाई २–१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

आजको फाइनल विजेताले पाँच तथा उपविजेताले तीन हजार अमेरिकी डलर प्राप्त गर्नेछन्। यस्तै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले पाँच सय तथा प्लेयर अफ दी म्याचले दुई सय ५० अमेरिकी डलर पाउने छन्।

लाओससँग खेल्ने नेपाली टोली:

गोलकिपर: किरण चेम्जोङ

डिफेन्डर : अनन्त तामाङ, विकास खवास, सनिश श्रेष्ठ, रोहित चन्द

मिडफिल्डर : नविन लामा, मणि कुमार लामा, एरिक विष्ट,

फरवार्ड : आयुष घलान, दिपक सिंह ठकुरी, मनिष डाँगी