२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेन युद्धको प्रभावः शरणार्थीको खाद्यान्नमा आधा कटौती हुने



अ+ अ-

एजेन्सी । पूर्वी कङ्गोको हिंसाबाट भागेर आएका कङ्गोली नागरिक रहेको बुरुन्डीस्थित शरणार्थीका लागि अप्रिल १ देखि खाद्यान्न सहायता रासन आधा कटौती गरिने विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बिहीबार घोषणा गरेको छ ।

“करिब ५६ हजार कङ्गोली शरणार्थीहरूले बुरुन्डीका पाँच शिविरहरूमा खाद्य आवश्यकताको लागि कोषको कमीको कारण चाँडै नै उनीहरूलाई आवश्यक पर्ने खाद्यान्नको आधा मात्र सहयोग त्यहाँ जानेछ,” संयुक्त राष्ट्रसङ्घीय निकाय विश्व खाद्य कार्यक्रमले भनेको छ ।

कार्यक्रमका अनुसार ग्रेट लेक्स क्षेत्रमा रहेको भूपरिवेष्ठित अफ्रिकी मुलुकमा युएनएचसीआरले हाल करिब ८५ हजार शरणार्थी र शरणार्थीलाई आश्रय दिइरहेको छ । अधिकांश शरणार्थी छिमेकी प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट आएका छन्, जुन देशको पूर्वी भाग विद्रोहको चपेटामा छ ।

विश्व बैंकले बुरुन्डीलाई प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको आधारमा विश्वको सबैभन्दा गरिब राष्ट्रको सूचीमा राखेको छ ।

डब्लुएफपीका अनुसार अहिलेसम्म उसले प्रत्येक शरणार्थीलाई दैनिक दुई हजार १०० किलोग्राम क्यालोरीको आवश्यकता पूरा गर्न ०।५५ अमेरिकी डलर बराबरको नगद वा खाना प्रदान गरेको छ ।

“शरणार्थीहरूले ‘चाँडै नै उनीहरूलाई आवश्यक पर्ने खाद्यान्नको आधा मात्र प्राप्त गर्नेछन्,” संयुक्त राष्ट्रसंघीय निकायले भनेको छ ।

डब्लुएफपीका बुरुन्डी प्रतिनिधि हुसेनो तालले भने, “हामी अहिलेसम्म प्राप्त सहयोगको सराहना गर्दछौं, तर हामीलाई आगामी छ महिनाका लागि ५६ हजार शरणार्थीहरूलाई पूर्ण राशन खुवाउन तत्काल ७१ लाख अमेरिकी डलर को आवश्यकता छ । शरणार्थीहरू अत्यन्तै जोखिममा छन् ।”

युक्रेनमा जारी युद्धका कारण डब्लुएफपीले आर्थिक अभाव र खाद्यान्नको बढ्दो मूल्यको सामना गरिरहेको छ । यसका कारण डब्लुएफपीले बङ्गलादेशमा रोहिङ्ग्या शरणार्थीका लागि खाद्यान्न कटौती गरिसकेको छ ।

यसै महिनाको सुरुमा एजेन्सीले यमनमा यस वर्ष उठाइएको रकमको दोब्बरभन्दा बढी रकम आवश्यक पर्ने चेतावनी दिएको थियो ।