• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   राप्रपाले निकाल्यो देशभर मसाल जुलुस, गृहमन्त्रीको राजीनामा माग (फोटो फिचर) ★   आमा को हुन् ?  ★   सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित ★   ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित ★   ‘बोक्सीको घर’ प्रदर्शनमा, उत्साहजनक ओपनिङ ★   बहुआयामिक व्यक्तित्व पूर्वमुख्यसचिव स्वर्गीय शाक्य  ★   वन डढेलो र आगलागी नियन्त्रणका लागि सकृय बन्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको… ★   किसानको पीडा: आगोले गहुँबाली खायो, अब हामीले के खाने ! ★   इलाम २ उपनिर्वाचन: ४८० सेना, सशस्त्र प्रहरी ७१० र १३ सय ६३ जना नेपाल प्रहरी… ★   मेयर बालेनले ल्याए कविता संग्रह

लाओससँगको खेलका लागि शारीरिक र मानसिक रुपमा तयार छौँः कप्तान चेम्जोङ



काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बूले शुक्रवार हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जिते नयाँ खेलाडीका लागि अनुभव र मनोबल बटुल्न सहयोग पुग्ने बताउनुभएको छ ।

नेपालमा जारी त्रिदेशीय फुटबल प्रतियोगिताको फाइनल अघिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका कप्तान किरणकुमार लिम्बूले उपाधि जिते टोलीमा समावेश भएका नयाँ खेलाडीका लागि अनुभव र मनोबल बटुल्ने अवसर हुने बताउनुभएको हो ।
नेपाली टोली शुक्रवार आयोजना हुन लागेको फाइनल खेलका लागि मानसिक र शारीरिक हिसावमा तयार भएको बताउनु भयो । उहाँले टोलीमा नयाँ खेलाडीको बाहुल्यता भएको र उनीहरुको मनोबल उच्च बनाउनका लागि पनि यो प्रतियोगिताको उपाधि निकै महत्वपूर्ण रहेको बताउनु भयो । नेपाली फुटबल कठिन समयबाट गुज्रिरहेको अवस्थामा समर्थकलाई खुशी दिलाउनका लागि यो प्रतियोगिता निकै महत्वपूर्ण रहेको समेत किरणले बताउनु भयो ।

यस्तै नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो एनिसले नेपाली टोलीमा अहिले अधिकांस नयाँ खेलाडी भएको र राम्रो छवि बनाउनका लागि जित निकै आवश्यक भएको बताउनु भयो । टोली मानसिक र शारीरिक हिसवमा तयार रहेको भन्दै शुक्रवार नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने बताउनु भयो । टोलीमा धेरैजसो नयाँ खेलाडी भएकाले सबै खेलाडीका लागि फाइनल खेल राम्रो अवसर भएको बताउँदै प्रशिक्षक एनिसले भुटानबिरुद्धको खेलमा चोट बोकेका अञ्जन बिष्ट फाइनलमा उपलब्ध हुने समेत जानकारी दिनुभयो ।

भुटान अन्तिम मिनेटमा बराबरीमा रोकिएपछि फाइनलमा स्थान बनाएको लाओसका प्रशिक्षक हान्स मिकेल विसले पहिलो खेलमा नेपालबिरुद्ध संघर्ष गरेपनि फाइनलमा राम्रो गर्नेमा विश्वस्त रहेको बताउनु भयो । घरेलु टोलीबिरुद्ध हुने खेल निकै प्रतिष्पर्धातमक हुने विश्वास राख्दै अहिलेको टोलीमा धेरैजसो खेलाडीले यु–१९ उमेर समूहको भएको र उनीहरुले राम्रो खेल्दै घर फर्किने बताउनु भयो । खेल लाओस फुटबलका लागि धेरै अवसर हुने भन्दै टोली कुनैपनि हालतमा जितका लागि खेल्ने हान्स मिकेल विसले बताउनु भयो ।

यस्तै लाओसका कप्तान साउकाफोन भोनचेनखामले फाइनल प्रतिष्पर्धाका लागि टोली उत्साहित भएको बताउनु भयो । पहिलो खेलमा आफ्नो टोली मौसमका कारण अपेक्षाअनुसार खेल्न नसकेको र केही दिनको बसाईपछि टोली अभ्यस्त भएको भन्दै फाइनल उपाधिका लागि खेल्ने बताउनु भयो । दुवै टोली उपाधिका लागि प्रतिष्पर्धा गर्दा खेल रोमाञ्चक हुने बताउनु भयो ।

प्रतियोगितामा भुटान, लाओस र नेपालले प्रतिष्पर्धा गरेका हुन् । एन्फाले फिफा विन्डोको अवसरमा आयोजना गरेको प्रतियोगितामा नेपालले पहिलो खेलमा लाओसलाई २–० ले पराजित गर्दा दोस्रो खेलमा भुटानबिरुद्ध १–१ गोलको बराबरी खेलेको थियो । यस्तै लाओसले भुटानबिरुद्ध २–१ को नतिजा निकालेको थियो ।