• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको अर्धशतक ★   विश्वकै लामो फिल्म, जसलाई हेर्न ३ दिन बढी समय लाग्ने ★   धैरे पटक चुनाव हारेर रेकर्डः २३८ पटक चुनाव लडेर हारेका नेताजी फेरि चुनाव लड्दै ★   झापा पुगेर गृहमन्त्रीले भने- पीडकसँग प्रशासन-प्रहरीको हिमचिम अन्त्य हुनैपर्छ ★   देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री दाहाल ★   आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य ★   प्रेस सेन्टरले गर्यो मिलन लिम्बूलाई बर्खास्त ★   कपनबाट पेस्तोलसहित एकजना पक्राउ ★   लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल ★   कोहली भर्सेस स्टार्कः दुबैलाई एक–अर्काको चिन्ता

आइएमई एजेन्ट्स मार्फत नै अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने



काठमाडौं, चैत १६ । आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार मित्रहरु (एजेन्टहरु) मार्फत अब हवाई यात्रुहरुले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन् ।

यस सेवा मार्फत देशभरि छरिएर रहेका आइएमईका हजारौँ साझेदार मित्रहरुसँग (एजेन्ट्स) यात्रुहरुले सुपथ मुल्यमा अन्तराष्ट्रिय हवाई टिकट खरिद गर्न सक्ने छन् ।

यसको साथै साझेदार मित्रहरुले आफ्नो ‘आइएमई–एजेन्ट पोर्टल’ मार्फत नै अन्तर्राष्ट्रिय हवाई टिकटको मुल्य, उडानको तालिका हेर्न तथा तुलना गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

यस सेवा मार्फत समग्र पर्यटन उद्योगको विकास तथा प्रर्वद्धनमा टेवा पुग्ने बिश्वास आइएमई ग्रुपको छ ।