१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारा–२ रास्वपा निर्वाचन परिचालन संयोजक कार्कीले दिए राजीनामा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले बारा–२ को निर्वाचन परिचालन समिति संयोजकबाट राजीनामा दिएका छन् ।

कार्कीले एक विज्ञप्ति जारी गर्दै आफूले व्यक्तिगत तथा स्वास्थ्यका कारणले राजीनामा दिएको बताएका छन् ।

‘केन्द्रीय समितिप्रति कृतज्ञता प्रकट गर्दै व्यक्तिगत तथा स्वास्थ्यको कारणले मलाई दिइएको बारा २ निर्वाचन संयोजकको आवश्यक जिम्मेवारी बहन गर्न नसक्ने हुँदा सो पदमा रहिरहनु पार्टीका लागि नोक्सानकारक हुन सक्ने भएकाले पदबाट राजिनामा दिएको छु ।’ कार्कीले भनेका छन् ।

यद्यपि, उपचुनावका गतिबिधीहरुमा आफ्नो सामर्थ्य, विवेकले भ्याउने हदसम्म सरिक रहने आश्वासन पनि कार्कीले दिएका छन् ।

कार्कीलाई रास्वपाले वैशाख १० मा हुने बारा–२ को उपनिर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी दिएको थियो ।