• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

प्रधानमन्त्री प्रचण्डले उपेक्षा गरेको बोआओ फोरम सम्मेलन सुरु



काठमाडौँ । चीनको हाइनान प्रान्तको बोआवो सहरमा मंगलबारदेखि बोआओ एसिया मञ्च (बोआओ फोरम) को वार्षिक सम्मेलन सुरु भएको छ ।

शुक्रबारसम्म सञ्चालन हुने फोरममा सहभागी हुन चीन सरकारले करिब ५० देश तथा क्षेत्रका दुई हजारभन्दा बढी अतिथिलाई निमन्त्रणा दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि बोआओ फोरममा सहभागिताका लागि निमन्त्रणा दिइएको बताइएको छ ।

सन् २०१६ र सन् २०१७ मा प्रमुख वक्ताका रुपमा सहभागी भएका तत्कालीन प्रधानमन्त्री प्रचण्ड यसपटकको बोआओ फोरममा भने सहभागी हुनुभएन । चीन सरकारले उहाँलाई यस पटक पनि प्रमुख वक्ताका रुपमा निमन्त्रणा गरेको बताइएको छ ।

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङले गत फागुन १० मा प्रधानमन्त्री प्रचण्डलाई भेटेरै बोआओ फोरममा सहभागिता जनाउन निम्तो दिनुभएको थियो । प्रचण्डका निजी सचिव रमेश मल्लले मिडियालाई सार्वजनिक रुपमा बोआओ फोरममा सहभागिताको लागि चिनियाँ राजदूतले निम्तो दिएको बताउनुभएको थियो ।

गत पुस १० गते प्रधानमन्त्री बन्नुभएका प्रचण्डले अहिलेसम्म कुनै पनि छिमेकी मुलुकको भ्रमण गर्नुभएको छैन । भूराजनीतिक कारणले उहाँले बोआओ फोरममा सहभागिता नजाउनुभएको बताइएको छ । सम्भवत: उहाँले दक्षिणी छिमेकी मुलुक भारतको भ्रमणलाई पहिलो प्राथमिकता दिनुभएको छ ।

बाह्र बुँदे शान्ति सम्झौतापछि भएको संविधानसभाको पहिलो निर्वाचनबाट पहिलोपटक प्रधानमन्त्री बन्नुभएका प्रचण्डले त्यतिबेला आफ्नो पहिलो विदेश भ्रमण चीनबाट सुरु गर्नुभएको थियो । चीन भ्रमणपछि भारत उहाँसँग असन्तुष्ट भएको बताइएको थियो । किनभने नेपालका हरेक प्रधानमन्त्रीले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्ने गरेका थिए ।

सम्भवत: भारत असन्तुष्ट हुने संशयले नै प्रधानमन्त्री प्रचण्ड बोआओ फोरममा नजानुभएको हो । फोरममा नजानकै लागि मन्त्रिमण्डल विस्तारमा ढिलाइ गरिएको चर्चा पनि चल्ने गरेको छ । आन्तरिक राजनीतिक कारण देखाएर फोरम छल्ने कारण बनाइएको बताइन्छ ।

यसपटकको फोरममा नेपालले चीनमा रहेका नेपालका राजदूतलाई सहभागी गराएको छ । फोरममा सहभागी हुनका लागि राजदूतलाई बोआओमा महँगो होटलमा राखिएको र बेइजिङदेखि त्यहाँसम्मको हवाई खर्च स्वयं नेपाल सरकारले बेहोर्नुपर्ने भएपछि उहाँ तनावमा हुनुभएको जनाइएको छ । प्रधानमन्त्री फोरममा नगएपछि चीन सरकारले फोरममा राजदूतलाई वक्ताका रुपमा पनि राख्ने छैन

फोरमको ‘अनिश्चित संसार: एकताबद्ध सहयोग गरी चुनौतीको सामना गर्ने, खुला र सहनशीलताबाट विकासलाई अघि बढाइने’ नाराबाट अन्तर्राष्ट्रिय समाजले शान्ति र सहयोगसँगै विकासलाई बढाउने संयुक्त माग देखाइएको छ।

फोरमको चार दिने अवधिमा ५० पटक शाखा सम्मेलन, गोलमेच बैठक र पत्रकार सम्मेलनको आयोजना हुने छन्। यी बैठक र सम्मेलनमा ‘बेल्ट एन्ड रोड’, चिनियाँ शैलीको आधुनिकीकरण, एशिया क्षेत्रीय सहयोग, विश्व आर्थिक अपेक्षा र विश्व भूराजनैतिक अनुमान आदि विषयबारे चर्चा गरिने छ।