२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीको पानी वितरण हुने पाइपको परीक्षण आधा सकियो



अ+ अ-

काठमाडौँ । मेलम्ची खानेपानी वितरणका लागि विच्छ्याइएको नयाँ पाइपमध्ये आधाभन्दा बढीमा परीक्षण सकिएको छ । कूल एक हजार १० किमी पाइपमध्ये हालसम्म पाँच सय ७६ किमीमा परीक्षण सकिएको र बाँकीको परीक्षण भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

आगामी असार मसान्तसम्ममा सबै परीक्षण सकाउने लक्ष्य रहेको निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार पन श्रेष्ठले बताउनुभयो । “काठमाडौँको भित्री भागमा अहिले परीक्षण भइरहेको छ”, उहाँले भन्नुभयो, “बिष्णुमतिबाट पूर्व र टुँडिखेलबाट पश्चिम क्षत्रेमा टेकुदेखि माथिल्लो भागमा परीक्षण बाँकी छ ।”

उहाँका अनुसार गौशाला, कोटेश्वर क्षेत्रमा परीक्षण भइसकेको छ भने बानेश्वर क्षेत्रमा, कलङ्की–बल्खु क्षेत्रमा पनि परीक्षण भइरहेको निर्देशनालयले जानकारी दिएको छ । स्वयम्भू, बालुवाटारलगायतका कतिपय स्थानमा पाइप विच्छ्याउन नै बाँकी छ । गत महिनामा काठमाडौँ उपत्यकाका धेरै स्थानमा पाइप फुट्ने समस्या सबैतिर देखिएपछि हाल परीक्षणपछि उक्त समस्या बिस्तारै कम भएको कार्यालयको दाबी छ ।

परीक्षण भइसकेका स्थानमा नयाँ पाइपबाट पठाइएको र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चुहावट भएको ठाउँमा तत्काल मर्मत सुधार गरिरहेकाले चुहावट कम भएको उहाँले बताउनुभयो । चक्रपथभित्र एशियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१३ बाट पाइप विच्छ्याउन सुरु गरिएको थियो ।

हाल मेलम्चीको पानी वितरणका लागि १० वटा रिजर्भ ट्याङ्की सञ्चालनका लागि तयार रहेको निर्देशनालयको भनाइ छ । जसमध्ये केही ट्याङ्की सञ्चालनमा आइसकेका छन् । नयाँ पाइप प्रयोग भएपछि सबै ट्याङ्की सञ्चालनमा आउने उहाँको भनाइ छ ।

हाल कार्यालयले घर–घरमा वितरणका लागि पोलिथिन पाइप र मुख्य पाइपमा जिआई पाइप प्रयोग गरेको छ । एक हजार पाँच सयदेखि एक हजार छ सय घरलाई एउटा क्षेत्र बनाइएको छ । रासस