२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपेन्द्रलाई चोर बाटोबाट संसद ल्याउन सरकारबाटै जालझेल भएको सिके राउतको आरोप



अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बारा २ मा हुने उपनिर्वाचनमा सरकारले जालझेल गरेको आरोप लगाउनुभएको छ ।

रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उहाँले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई सरकारले चोरबाटो बाट संसद्मा ल्याउन जालझेल गरेको आरोप लगाउनुभयो ।

उहाँले कसैलाई चोर बाटोबाट प्रवेश गर्न नदिने बताउनुभयो । डा राउतले उपेन्द्रलाई लक्षित गर्दै भन्नुभयो, “बारा २ मा हुने उपनिर्वाचन कुनै उम्मेदवारबीचको प्रतिस्पर्धामात्रै होइन । यो लोकतन्त्र कायम राख्ने र त्यसलाई मजाक बनाउनेबीचको प्रतिस्पर्धा हो । कसैलाई चोर बाटोबाट पसाउने कामको लागि जालझेल रचियो । बारा २ मा जबरजस्ती सीट खाली गर्न लगाइयो । जनताले दिएको जनमतको अपमान भयो । जनताले अपेक्षाका साथ मतदान गरेको छ ।”

सीट खाली हुनेबित्तिकै सरकारको मिलेमतोमा निर्वाचन आयोगले चुनावको मिति घोषणा गरेको उहाँको भनाइ थियो । उहाँले उपराष्ट्रपतिको निर्वाचनमा पनि धाँधली गरेर महिलाले पाइसकेको अधिकार खोस्न लगाएको बताउनुभयो ।

“कसैलाई मन्त्री बन्न छट्पटाहट छ । उहाँले पार्टीमा म मन्त्री नभएसम्म तिमीहरु पनि पाउँदैनौँ भन्ने खालको ध्येय छ । या त म हुन्छ नत्र कोही पनि हुँदैन । यस्ता नेताहरुको हत्या गर्ने, राजनीतिक कार्यकर्ताको हत्या गर्ने परिपाटी त्यहाँ छ । त्यो मन्त्री बन्न वैशाख १० मै निर्वाचन गराउन दबाब दिएर रोइकराइ गरेका छन्”, उहाँले भन्नुभयो ।

ठूलो मतान्तरले पराजित भएको चार महिना पनि नभएको र जनताले रिजेक्ट गरेको अवस्थामा जबरजस्ती फेरि उठाउन खोज्नु जनमतको अपमान भएको उहाँको भनाइ थियो ।

अध्यक्ष राउतले बारा २ का जनताले विद्रोह गरेर स्थानीय उम्मेदवारलाई नै जिताएर पठाउने दाबी गर्दै नेकपा ९माओवादी केन्द्र० का नेता तथा पूर्वमन्त्री शिवचन्द्र कुशवाहलाई जनमत पार्टीमा भित्र्याएर बारा २ को उम्मेदवारको रुपमा अगाडि सार्ने बताउनुभयो ।