• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात ★   नेताहरुको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो: विप्लव ★   कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ – गृहमन्त्री ★   गेललाई जर्सी उपहार दिँदै कोहलीले भने – काका अर्को सिजन आईपीएलमा फर्किनु

पहिचानको आन्दोलन कुनै समुदाय वा जातिको विरुद्धमा होइन: जसपा



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पहिचानको आन्दोलन कुनै समुदाय वा जातिको विरुद्धमा नहुने बताएको छ ।

जसपाका प्रवक्ता मनिष सुमनले एक विज्ञप्ति जारी गर्दै प्रदेश नं १ को नाम पहिचानको आधारमा नामकरण हुनुपर्छ भन्ने माग  सम्बोधन गर्न अनुरोध गरेको छ । ‘पहिचानको आन्दोलन कुनै समुदाय वा जातिको विरुद्धमा हुदै होइन । उत्पपीडित राष्ट्रियताप्रति राज्य यति नकारात्मक र सशंकित हुनुपर्ने कुनै कारण पनि छैन । सबै र राजनीतिक अधिकार स्थापित हुने कुराले राष्ट्रियता अझ बलियो हुन्छ । आन्दोलनलाई वेवास्ता गर्नु लोकतन्त्रप्रतिको वेवास्ता हो’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा करिब एक महिनादेखि प्रदेश नं १ मा जारी रहेको पहिचान र अधिकारमाथि सरकारले गम्भीरतापूर्वक नलिनुले सरकारमाथि प्रश्नचिन्ह खडा गरेको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुपर्छ भन्ने जनताको मागप्रति यस अघिका सरकार पनि असहिष्णु देखियो । पहिचान र अधिकारको आन्दोलनलाई दमन गर्न सरकार ।’

जसपाले पहिचान प्राप्तिको आन्दोलनमा होमिएका पदम लिम्बु (लाजेहाङ)को निधनप्रति दुस्ख व्यक्त गरेको छ ।