२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिचानको आन्दोलन कुनै समुदाय वा जातिको विरुद्धमा होइन: जसपा



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पहिचानको आन्दोलन कुनै समुदाय वा जातिको विरुद्धमा नहुने बताएको छ ।

जसपाका प्रवक्ता मनिष सुमनले एक विज्ञप्ति जारी गर्दै प्रदेश नं १ को नाम पहिचानको आधारमा नामकरण हुनुपर्छ भन्ने माग  सम्बोधन गर्न अनुरोध गरेको छ । ‘पहिचानको आन्दोलन कुनै समुदाय वा जातिको विरुद्धमा हुदै होइन । उत्पपीडित राष्ट्रियताप्रति राज्य यति नकारात्मक र सशंकित हुनुपर्ने कुनै कारण पनि छैन । सबै र राजनीतिक अधिकार स्थापित हुने कुराले राष्ट्रियता अझ बलियो हुन्छ । आन्दोलनलाई वेवास्ता गर्नु लोकतन्त्रप्रतिको वेवास्ता हो’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा करिब एक महिनादेखि प्रदेश नं १ मा जारी रहेको पहिचान र अधिकारमाथि सरकारले गम्भीरतापूर्वक नलिनुले सरकारमाथि प्रश्नचिन्ह खडा गरेको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुपर्छ भन्ने जनताको मागप्रति यस अघिका सरकार पनि असहिष्णु देखियो । पहिचान र अधिकारको आन्दोलनलाई दमन गर्न सरकार ।’

जसपाले पहिचान प्राप्तिको आन्दोलनमा होमिएका पदम लिम्बु (लाजेहाङ)को निधनप्रति दुस्ख व्यक्त गरेको छ ।