१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटरब्याजीहरुको खुलामञ्च अगाडि प्रदर्शन (फोटोफिचर)



फाईल फोटो
अ+ अ-

काठमाडौँ । ११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुले खुलामञ्च अगाडि प्रदर्शन गरेका छन् ।

११ दिनसम्म तराईका विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज खुलामञ्च गेट अगाडि प्रदर्शन गरेका हुन् । पीडितहरु खुलामञ्चमा बस्नको लागि आएपनि काठमाडौं महानगरपालिकाको नगर प्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएको छ । खुलामञ्चमा प्रवेश गर्न महानगरपालिकाको नगर प्रहरीले रोक लगाएसँगै गेटमा नै धर्नामा बसेका छन् । पीडितहरुले महानगर पालिकाले रोक लगाएको भन्दै काठमाडौंका मेयर बालेन साहबिरुद्ध नाराबाजी समेत गरेका छन् ।

मिटर ब्याजी पीडितहरुले खुला मञ्चमा बिरोध कार्यक्रम गर्न मेयर र जिल्ला प्रशासन कार्यालयमा अनुमति माग गरे नदिएको उनीहरुले बताएका छन् । पीडितहरुले मेयर साहले स्वागत गर्ने आशामा काठमाडौं आएको तर मेयर साहले प्रदर्शन गर्न समेत रोक लगाएको भन्दै नाराबाजी गरे ।

पीडितहरु महानगरले खुलामञ्च प्रवेश गर्न नदिदाँ वीर अस्पताल अगाडिको सडकमै बसेर नाराबाजी गरिरहेका छन् । पीडितहरुले बालेन साह मुर्दावाद, मिटर ब्याजीलाई कारबाही गर्, हाम्रो पैसा फिर्ता गर, पीडितलाई न्याय दे, मिटर ब्याजीको सम्पती छानबिन गर जस्ता नारा समेत लगाएका छन् ।