२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीबाट को–को बन्दैछन् मन्त्री ?



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टी उपाध्यक्ष डा. बेदुराम भुसालको नेतृत्वमा सरकारमा जाने भएको छ । अध्यक्ष माधव नेपालले प्रचण्ड सरकारमा राष्ट्रिय सभा सदस्य समेत रहेका डा. भुसालको नेतृत्वमा पठाउन लागेको स्रोतले जनाएको छ ।

नेकपा एसका संस्थापक महासचिव रहेका भुसालले सो पद घनश्याम भुसालको लागि त्यागेका थिए । नेपाल नेतृत्वको सो पार्टीमा उनीसहित १० जना प्रत्यक्ष निर्वाचित सांसद छन् । नेपालबाहेक सबै मन्त्रीका दाबेदार छन् ।

एमालेबाट विभाजन भएर मन्त्री तथा मुख्यमन्त्री बनेकाहरूले पहिलो चरणमा मौका नपाउने मापदण्ड बनाएको एसले भुसालसहित नेताहरु प्रकाश ज्वाला र भानुभक्त जोशीलाई मन्त्री बनाउने तयारी गरेको बुझिएको छ ।

किसान श्रेष्ठ, प्रेम आले, शेरबहादुर कुँवर भने यो चरणमा मन्त्री बन्न पाउनेछैनन् । नेकपा एसले एक प्रदेशमा मुख्यमन्त्रीसहित ३ मन्त्रालयमा दाबीको अडान राखेको छ । तर भागबन्डा मिलाउँदा नेकपा एसले २ मन्त्रालय मात्र पाउने देखिएको छ ।




भर्खरै