• १० असार २०८१, सोमबार
  •      Mon Jun 24 2024
  •   Unicode
Logo
Latest
★   ऊर्जामन्त्री बस्नेत समक्ष विद्युत् नियमन आयोगका अध्यक्षको शपथ ★   निर्मला पन्तको हत्याबारे गृहमन्त्री: नतिजाउन्मुख छौँ ★   प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट ★   काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड ★   अपाङ्गताले छेकेन पार्वतीको उद्यमी बन्ने रहर ★   अयोध्यामा राम मन्दिर बनाउन नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्छ: वामदेव गौतम ★   भारत र अष्ट्रेलियाको खेलअघि सेन्ट लुसियामा भीषण वर्षा ★   नेपालको अलैंचीलाई विश्व बजारमा निर्यात गर्न कुटनीतिक पहल गर्नुपर्छ: सभामुख घिमिरे ★   नेपाली अलैंची विश्व बजारमा निर्यात गर्न सरकारले पहल गरिरहेको छ: कृषिमन्त्री साह ★   ‘मुन्ज्या’ले १०० करोड कमायो

कांग्रेसले गर्यो लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी



देउखुरी । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । प्रदेशमा नयाँ गठबन्धनबाट नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले मुख्यमन्त्रीको दाबी गरिरहेको बेल कांग्रेस प्रदेश संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो ।

संसदीय दलको शुक्रबार बिहान लुम्बिनीमा बसेको बैठकले कांग्रेसको नेतृत्वमा प्रदेश सरकार निर्माणको प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको हो । यसबाट सरकारको नेतृत्वमा दाबी गरिरहेको माओवादी केन्द्रलाई वर्तमान सरकारबाट बाहिर आउन दबाव परेको छ ।

नेकपा ९एमाले० का मुख्यमन्त्री लीला गिरीको नेतृत्वमा माओवादी केन्द्र अहिले सरकारमा रहेको छ । प्रदेशसभामा नेपाली कांग्रेस २७ सदस्यका साथ दोस्रो स्थानमा छ ।

शुक्रबारको बैठकपछि कांग्रेस संसदीय दलका नेता डिल्लीराम चौधरीले यसअघिकै गठबन्धनमा माओवादी केन्द्रले सरकारको नेतृत्व गरिसकेकाले अब प्रदेशको नेतृत्व नेपाली कांग्रेसले स्वाभाविकरुपमा पाउनुपर्ने बताउनुभयो । यद्यपि लुम्बिनी प्रदेश आफ्नो आधार इलाका भएको भन्दै माओवादी केन्द्रले यस प्रदेशको नेतृत्व सहजरुपमा छाड्न चाहिरहेको छैन ।

बिहीबार माओवादी संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा आन्तरिक विवादका कारण उक्त विषयले बैठकमा प्रवेश नै पाएको थिएन ।