१२ मंसिर २०८१, बुधबार
,
Latest
ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणलाई २० लाख सहयोग बक्सिङ टोली थाइल्यान्ड जाने एनपिएलमा जनकपुर बोल्ट्सको उपाधि दाबेदारी युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छः सभापति देउवा इजरायल र हिजबुल्लाहद्वारा द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावको स्वीकारः बाइडेन आईपीएलको मेगा अक्सनबाट बेन स्टोक्सले किन लिए नाम फिर्ता ? उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मत जाहेर गर्ने अवसरः प्रचण्ड विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चले गर्‍यो अस्वीकार, छिटो अनुसन्धान गरेर टुंग्याउन आदेश रास्वपाका नेताविरुद्धको मुद्दामा सर्वोच्चले मगायो भाषणको पूर्णपाठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडा सिमेन्टको उत्पादन पुन: बन्द



अ+ अ-

बागमती । सरकारी स्वामित्वमा सञ्चालनमा रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि उत्पादन बन्द गरेको छ ।

सिमेन्ट उत्पादनका लागि आगो बाल्ने मेसिन (भट्टी)मा प्राविधिक समस्या आएपछि आजदेखि सो उद्योगको उत्पादन बन्द भएको उद्योग व्यवस्थापनले जनाएको छ । सो मेसिनको मर्मतको प्रक्रिया सुरु भएको र आगामी एक हप्तामा मर्मत भई पुन:सञ्चालनमा आउने सो उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकरी दिनुभयो । उद्योगको मेसिन तथा उपकरण धेरै पुरानो भएकाले बिग्रिने र प्राविधिक समस्या आउने गरेको उहाँको भनाइ छ ।

विगतमा उद्योगका लागि चाहिने कोइलाको समस्या थियो तर हाल कोइलाको समस्या नरहेको बताउँदै उहाँले बोलपत्र आह्वानमार्फत बाह्य मुलुकबाट कोइला आयात भइरहेको जानकारी दिनुभयो ।

सो उद्योगमा अहिले दैनिक एक सय १० टन कोइला खपत भइरहेको छ । साथै हेटौँडा सिमेन्ट उद्योगमा गोदाममा रहेको सिमेन्टको प्याकिङ गर्ने तथा बिक्रीवितरण गर्ने काम भइरहको उद्योग व्यवस्थापनले जनाएको छ । अहिले उद्योगबाट दैनिक करिब १४ हजार बोरा सिमेन्ट उत्पादन भइरहेको छ ।

उद्योगका लागि पर्याप्त मात्रामा चुनढुङ्गाको मौज्दात रहेको बताइएको छ । नेपाल सरकारद्वारा २०३२ सालमा स्थापना भएको सो उद्योगले २०४३ सालदेखि व्यावसायिकरुपमा सिमेन्टको उत्पादन सुरु गरेको थियो । हाल त्यहाँ करिब तीन सय जनशक्ति रहेका छन् । रासस