२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वसाधारणका लागि खुलाईयो रानीपोखरी



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले रानीपोखरी सर्वसाधारणको लागि खुला गरेको छ । रानीपोखरी पुन:र्निर्माणपछि बुधबारबाट पहिलोपटक सर्वसाधारणको लागि खुला गरिएको हो ।

महानगरले रानीपोखरीमा विनाटिकट सर्वसाधारण अवलोकन गर्न पाउने व्यवस्था मिलाएको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । उनले भने, ‘पुनर्निर्माणपछि महानगरले बारम्बार सर्वसाधारणलाई खुलाउन पहल गर्दै आएको थियो । बुधबारबाट भने औपचारिक रुपमा खुलेको छ’ ।

२०७२ को भूकम्पले क्षतिग्रस्त रानीपोखरीलाई पुरानै स्वरुपमा पुनर्निर्माण गरीएको छ । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले महानगरलाई ८ पुस २०७८ मा रानीपोखरी हस्तान्तरण गरेको थियो । तर, सर्वसाधारणका लागि खुला गरिएको थिएन ।

महानगर प्रहरीले सरसफाइ गरेपछि बुधबारबाट सर्वसाधारणको लागि खुलाईएको हो ।