२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वसाधारणका लागि खुलाईयो रानीपोखरी



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले रानीपोखरी सर्वसाधारणको लागि खुला गरेको छ । रानीपोखरी पुन:र्निर्माणपछि बुधबारबाट पहिलोपटक सर्वसाधारणको लागि खुला गरिएको हो ।

महानगरले रानीपोखरीमा विनाटिकट सर्वसाधारण अवलोकन गर्न पाउने व्यवस्था मिलाएको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । उनले भने, ‘पुनर्निर्माणपछि महानगरले बारम्बार सर्वसाधारणलाई खुलाउन पहल गर्दै आएको थियो । बुधबारबाट भने औपचारिक रुपमा खुलेको छ’ ।

२०७२ को भूकम्पले क्षतिग्रस्त रानीपोखरीलाई पुरानै स्वरुपमा पुनर्निर्माण गरीएको छ । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले महानगरलाई ८ पुस २०७८ मा रानीपोखरी हस्तान्तरण गरेको थियो । तर, सर्वसाधारणका लागि खुला गरिएको थिएन ।

महानगर प्रहरीले सरसफाइ गरेपछि बुधबारबाट सर्वसाधारणको लागि खुलाईएको हो ।