२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति नेता आङ्देम्बेले संसदमा प्रयोग गरेका ‘अपमानजनक शब्द’ हटाउन रास्वपा सांसद बास्कोटाकाे माग नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन: एमाले नेता थापा संसदको विद्यमान संकट समाधान गर्ने काम प्रधानमन्त्री र रवि लामिछानेको हातमा छः बादल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओजिलद्वारा फुटबलबाट सन्यासको घोषणा



अ+ अ-

एजेन्सी । जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल, रियल मड्रिड तथा जर्मनीका पूर्व मिडफिल्डर ओजिलले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् ।

पछिल्लो समय उनी टर्किस क्लब इस्तानबुल बसाकसेहिरमा आवद्ध थिए । ३४ वर्षीय ओजिलले चार एफए कप र सन् २०१२ मा स्पेनिस ला लिगा उपाधिसहित नौ उपाधि जितेका छन् ।

जर्मनीका लागि ९२ क्याप जितेका उनी सन् २०१४ मा ब्राजिलमा भएको विश्व कपको उपाधि जित्दा टोलीका प्रमुख सदस्य थिए ।

पाँच पटक जर्मनीको वर्ष खेलाडी घोषित भएका ओजिलले सन् २०१८ मा नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । जर्मनबाट ओजिलले ९२ खेलमा २३ गोल गरेका छन् । उनले व्यवसायिक फुटबलको सुरुवात भने जर्मन क्लब साल्केबाट गरेका थिए ।

ओजिलले भने – ‘सोचविचार पछि म मेरो व्यावसायिक फुटबलबाट तत्काल सन्यासको घोषणा गर्दैछु । मैले लगभग १७ वर्षको लागि एक व्यावसायिक फुटबल खेलाडी बन्ने विशेषाधिकार पाएको छु । म यो अवसरको लागि अविश्वसनीय रूपमा आभारी महसुस गर्छु ।’

हालैका हप्ताहरू र महिनाहरूमा आफूले केही चोटहरू पनि भोग्नुपरेको र त्यसबाट फुटबलको ठूलो चरण छोड्ने समय हो भन्ने कुरा अझ बढी स्पष्ट भएको ओजिलले उल्लेख गरेका छन् ।

अगाडिको जीवन आफ्नी पत्नी, अमिन र दुई छोरीहरू इडा र एलासँग सबै कुराको लागि पर्खिरहेको बताउँदै ओजिलले आफ्नो गतिबिधिबारे सामाजिक सञ्जालमार्फत समय–समयमा जानकारी गराउने विश्वास पनि दिलाएका छन् ।




भर्खरै