२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस प्रदेशसभा सदस्यहरुको अनुपस्थितिले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत लिन अप्ठ्यारो



फाईल फोटो
अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई प्रदेशसभाको बैठकबाट विश्वासको मत लिन अप्ठ्यारो भएको छ ।

बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची थियो तर सत्ता गठबन्धनमा रहेको र प्रदेशकै ठूलो दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरु काठमाडौँमा छन् ।

कांग्रेसले मुख्यमन्त्री जम्मकट्टेलसँग दुई दिनको समय मागेको छ । कांग्रेस प्रदेशसभा सदस्य हरिप्रभा खड्गीले संसदीय दलको बैठक चलिरहेको र दलमा पनि छलफल नभएकाले दुई दिनको समय मागेको जानकारी दिनुभयो ।

प्रदेशसभाको बैठकमै कांग्रेसको अनुपस्थितिका कारण मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशसभाको बैठक स्थगित गर्न चाहनुभएको छ । प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता गोपाल पोखरेलले अहिलेसम्म मुख्यमनन्त्री कार्यालयबाट कुनै पत्र नआएकाले बैठक स्थगित नभएको जानकारी दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता जम्मकट्टेल नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो । तर राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि केन्द्रदेखि प्रदेशसम्म सत्ता समीकरण परिवर्तनको असर देखिएको छ ।

राप्रपाले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपनि एमाले भने सरकारमै छ । यद्यपि सत्ता गठबन्धन हेरफेर भएकाले मुख्यमन्त्री जम्मकट्टेलले नेपाली कांग्रेसलाई साथमा लिएर सरकार गठन गर्ने तयारी गर्नुभएको छ ।