५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस प्रदेशसभा सदस्यहरुको अनुपस्थितिले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत लिन अप्ठ्यारो



फाईल फोटो
अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई प्रदेशसभाको बैठकबाट विश्वासको मत लिन अप्ठ्यारो भएको छ ।

बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची थियो तर सत्ता गठबन्धनमा रहेको र प्रदेशकै ठूलो दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरु काठमाडौँमा छन् ।

कांग्रेसले मुख्यमन्त्री जम्मकट्टेलसँग दुई दिनको समय मागेको छ । कांग्रेस प्रदेशसभा सदस्य हरिप्रभा खड्गीले संसदीय दलको बैठक चलिरहेको र दलमा पनि छलफल नभएकाले दुई दिनको समय मागेको जानकारी दिनुभयो ।

प्रदेशसभाको बैठकमै कांग्रेसको अनुपस्थितिका कारण मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशसभाको बैठक स्थगित गर्न चाहनुभएको छ । प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता गोपाल पोखरेलले अहिलेसम्म मुख्यमनन्त्री कार्यालयबाट कुनै पत्र नआएकाले बैठक स्थगित नभएको जानकारी दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता जम्मकट्टेल नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो । तर राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि केन्द्रदेखि प्रदेशसम्म सत्ता समीकरण परिवर्तनको असर देखिएको छ ।

राप्रपाले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपनि एमाले भने सरकारमै छ । यद्यपि सत्ता गठबन्धन हेरफेर भएकाले मुख्यमन्त्री जम्मकट्टेलले नेपाली कांग्रेसलाई साथमा लिएर सरकार गठन गर्ने तयारी गर्नुभएको छ ।