२१ मंसिर २०८२, आईतवार
,
Latest
सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले खर्च कटौति गर्योः उपसभामुख राना कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘भोला’का लागि कसले कति पारिश्रमिक लिए ?



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता अजय देवगन यतिबेला निकै चर्चामा छन् । उनको आगामी फिल्म ‘भोला’ले फ्यानमा निकै क्रेज पाइरहेको छ । ‘भोला’को ट्रेलर रिलिज भएदेखि नै फ्यानहरु यसको लागि उत्साहित छन् ।

सामाजिक सञ्जालमा पनि यो फिल्मको चर्को क्रेज देखिएको छ । भोलामा अजय देवगनका अलावा तब्बु पनि मुख्य भूमिकामा देखिनेछिन् । यसबीच फिल्ममा कसले कति पारिश्रमिक लिएका छन् भन्नेबारे यहाँ चर्चा गरौँ ।

अजय देवगन
सबैभन्दा पहिले अजय देवगनको कुरा गरौं । यस फिल्ममा अजय भोलाको मुख्य भूमिकामा देखिएका छन् । रिलिज भएको फिल्मको ट्रेलरमा उनले उत्कृष्ट एक्सन गरेको देख्न सकिन्छ । मिडिया रिपोर्टका अनुसार अजय देवगनले यो फिल्मको लागि सबैभन्दा धेरै पारिश्रमिक लिएका छन् । यसका लागि अजयले ३० करोड भारु पारिश्रमिक लिएका छन् ।

तब्बु
यस फिल्ममा अजय देवगनको अपोजिट तब्बु पनि देखिनेछिन् । यस फिल्ममा तब्बु प्रहरीको भूमिकामा देखिनेछिन् । यसअघि अजय र तब्बु ‘दृश्यम’ मा पनि सँगै देखिएका थिए । तब्बुले भोलाका लागि करिब चार करोड पारिश्रमिक लिएकी छिन् ।

सञ्जय मिश्रा
उत्कृष्ट कमेडी र अभिनयका लागि परिचित सञ्जय मिश्रा पनि फिल्ममा महत्वपूर्ण भूमिकामा छन् । उनी एक प्रहरीको भूमिकामा देखिनेछन्, ट्रेलरलमा देखिए अनुसार उनको पनि एक रोचक चरित्र हुन गइरहेको छ । उनले यो फिल्मका लागि ८५ लाख रुपैयाँ लिएका छन् ।

दीपक डोबरियाल
‘भोला’ मा कमेडी भूमिका निभाएका दीपक डोबरियाल एकदमै फरक अवतारमा देखिनेछन् । फिल्ममा दीपक खलनायकको भूमिकामा देखिने भएका छन् र उनको लुक पनि निकै स्पेशल छ, जसलाई दर्शकले रुचाइरहेका छन् । पारिश्रमिकको कुरा गर्दा दीपकले फिल्मका लागि ६५ लाख रुपैयाँ लिएका छन् ।

अमाला पल
यस फिल्ममा अभिनेत्री अमला पल अजय देवगनसँग रोमान्स गर्दैछिन् । उनले यो फिल्मका लागि करिब २५ लाख रुपैयाँ लिएकी छन् ।

फिल्मको ट्रेलर हेरौँः