२४ श्रावण २०८३, आईतवार
,
Latest
तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै ‘कर नीतिमा स्थिरता र पूर्वाधार सुधार अटोमोबाइल क्षेत्रको मुख्य आवश्यकता हो’ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन वैद्यखानाले गति लिएकोमा पूर्वमन्त्री पौडेलद्वारा खुसी व्यक्त, सरकारलाई ६ बुँदे सुझाव भारतको हिमाचल प्रदेशमा बस दुर्घटनाः ८ जनाको मृत्यु, १० घाइते इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान अमेरिकी सिनेटद्वारा सरकारी कामकाज ठप्प हुन नदिन अस्थायी कोष विधेयक पारित कान्ति राजमार्गको स्तरोन्नति तिब्रः ५० प्रतिशत भौतिक प्रगति, समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीको दाबी चार अर्ब ९३ करोड बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘भोला’का लागि कसले कति पारिश्रमिक लिए ?



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता अजय देवगन यतिबेला निकै चर्चामा छन् । उनको आगामी फिल्म ‘भोला’ले फ्यानमा निकै क्रेज पाइरहेको छ । ‘भोला’को ट्रेलर रिलिज भएदेखि नै फ्यानहरु यसको लागि उत्साहित छन् ।

सामाजिक सञ्जालमा पनि यो फिल्मको चर्को क्रेज देखिएको छ । भोलामा अजय देवगनका अलावा तब्बु पनि मुख्य भूमिकामा देखिनेछिन् । यसबीच फिल्ममा कसले कति पारिश्रमिक लिएका छन् भन्नेबारे यहाँ चर्चा गरौँ ।

अजय देवगन
सबैभन्दा पहिले अजय देवगनको कुरा गरौं । यस फिल्ममा अजय भोलाको मुख्य भूमिकामा देखिएका छन् । रिलिज भएको फिल्मको ट्रेलरमा उनले उत्कृष्ट एक्सन गरेको देख्न सकिन्छ । मिडिया रिपोर्टका अनुसार अजय देवगनले यो फिल्मको लागि सबैभन्दा धेरै पारिश्रमिक लिएका छन् । यसका लागि अजयले ३० करोड भारु पारिश्रमिक लिएका छन् ।

तब्बु
यस फिल्ममा अजय देवगनको अपोजिट तब्बु पनि देखिनेछिन् । यस फिल्ममा तब्बु प्रहरीको भूमिकामा देखिनेछिन् । यसअघि अजय र तब्बु ‘दृश्यम’ मा पनि सँगै देखिएका थिए । तब्बुले भोलाका लागि करिब चार करोड पारिश्रमिक लिएकी छिन् ।

सञ्जय मिश्रा
उत्कृष्ट कमेडी र अभिनयका लागि परिचित सञ्जय मिश्रा पनि फिल्ममा महत्वपूर्ण भूमिकामा छन् । उनी एक प्रहरीको भूमिकामा देखिनेछन्, ट्रेलरलमा देखिए अनुसार उनको पनि एक रोचक चरित्र हुन गइरहेको छ । उनले यो फिल्मका लागि ८५ लाख रुपैयाँ लिएका छन् ।

दीपक डोबरियाल
‘भोला’ मा कमेडी भूमिका निभाएका दीपक डोबरियाल एकदमै फरक अवतारमा देखिनेछन् । फिल्ममा दीपक खलनायकको भूमिकामा देखिने भएका छन् र उनको लुक पनि निकै स्पेशल छ, जसलाई दर्शकले रुचाइरहेका छन् । पारिश्रमिकको कुरा गर्दा दीपकले फिल्मका लागि ६५ लाख रुपैयाँ लिएका छन् ।

अमाला पल
यस फिल्ममा अभिनेत्री अमला पल अजय देवगनसँग रोमान्स गर्दैछिन् । उनले यो फिल्मका लागि करिब २५ लाख रुपैयाँ लिएकी छन् ।

फिल्मको ट्रेलर हेरौँः