९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको जुरोङ रोबट मङ्गल ग्रहमा अवतरण गरेको क्षण, हेर्नुहोस्



अ+ अ-

एजेन्सी । चीनको अन्तरिक्ष निकायले जुरोङ रोभर मङ्गल ग्रहको सतहमा हिँडिरहेको भिडिओ सार्वजनिक गरेको छ। ती तस्बिरहरू उक्त रोबटले जमिनमा जडान गरेको वायरलेस क्यामेराले खिचेको हो।

जुरोङले मे महिनामा मङ्गल ग्रहमा गरेको अवतरण उसको प्याराशुट प्रणालीको कार्यान्वयन र जमिनमा छोएको क्षण पनि सार्वजनिक गरिएको छ। छ पाङ्ग्रे उक्त रोबटले युटोपिया प्लानिसिया भन्ने क्षेत्रको अन्वेषण गरिरहेको छ।

चीनको अन्तरिक्ष सम्बन्धी निकाय द चाइना न्याशनल स्पेस एजेन्सी (सीएनएसए) का अनुसार जोरुङले ४२ मङ्गल सोल्स अर्थात् त्यहाँको ४२ दिनमा २३६ मिटर गुडेको छ। सोल भनेको मङ्गलको एक दिन हो। मङ्गलको एक दिन २४ घण्टा ३९ मिनेटको हुन्छ। रातो ग्रह पनि भनिने मङ्गललाई परिक्रमा गरिरहेको तियानवेन-१ स्याटलाइटले नयाँ तस्बिरहरू पृथ्वीमा पठाएको हो।

सीएनएस प्रेस विज्ञप्तिमा भनिएको छ "अर्बिटर र मङ्गलमा अवतरण गरेको रोभरबीच राम्रो काम भइरहेको छ। रोभरले मङ्गलबाट मातृभूमिमा सन्देशहरू पठाइरहेको छ पार्टीको शतवार्षिकी सन्दर्भमा दूरको आशीर्वाद पठाइरहेको छ।"

१४ मे मा अवतरण गरेपछि भिडिओ आउला भन्ने अपेक्षा राखिएको थियो। रोभरको प्याराशुट प्रणालीका केही तस्बिरहरू गत हप्ता सार्वजनिक गरिएको थियो।

भिडिओमा भने मङ्गलको वायुमण्डलको चक्र जस्तो तह फिँजिएको देखिएको छ। अवतरण गरेको स्थान नजिकै पाङ्ग्रा चलमलाउँदै गरेको जुरोङ रोबट भिडिओमा जुरोङ र उसको अवतरण गर्ने प्ल्याटफर्म खसेको र तल हेर्ने क्यामेराले मङ्गलको भुईँ छोएको पनि देखिन्छ।