१९ आश्विन २०८१, शनिबार
,
Latest
‘सिन्धुपाल्चोकका विपद् प्रभावित अन्य पालिकालाई पनि सङ्कटग्रस्त सूचीमा समावेश गरौँ’ नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय अध्यक्ष ढकाललाई पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मान एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीलाई ‘दसैँ आइसक्यो, न बस्ने, न त खानाको जोहो भएको छ’ भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो लिभरपुल विजयी गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्लिम सङ्घको चौथो महाधिवेशन जेठ २७ र २८ गते हुने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल मुस्लिम सङ्घको चौथो महाधिवेशन आगामी जेठ २७ र २८ गते काठमाडौँमा हुने भएको छ ।

सङ्घको आज बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो । सङ्घका कार्यवाहक अध्यक्ष अतावुल अन्सारीका अनुसार नेपाली कांग्रेसको भ्रातृ सङ्गठनमध्ये नियमित महाधिवेशन गर्ने मुस्लिम सङ्घले महाधिवेशनको मिति तय गरेर विगतको कार्यलाई निरन्तरता दिएको हो ।

सङ्घका पूर्वअध्यक्ष एवं कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले बैठकले वर्तमान निर्वाचन प्रणालीले मुस्लिम समुदायलाई पछाडि पारेको ठहर गर्दै निर्वाचन कानून परिमार्जनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको बताउनुभयो ।

उहाँका अनुसार केन्द्रीय हज कमिटीले हाजीहरूबाट चर्को शुल्क उठाउने गरेकाले शुल्क नियन्त्रणका लागि गृह मन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । रासस