५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्लिम सङ्घको चौथो महाधिवेशन जेठ २७ र २८ गते हुने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल मुस्लिम सङ्घको चौथो महाधिवेशन आगामी जेठ २७ र २८ गते काठमाडौँमा हुने भएको छ ।

सङ्घको आज बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो । सङ्घका कार्यवाहक अध्यक्ष अतावुल अन्सारीका अनुसार नेपाली कांग्रेसको भ्रातृ सङ्गठनमध्ये नियमित महाधिवेशन गर्ने मुस्लिम सङ्घले महाधिवेशनको मिति तय गरेर विगतको कार्यलाई निरन्तरता दिएको हो ।

सङ्घका पूर्वअध्यक्ष एवं कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले बैठकले वर्तमान निर्वाचन प्रणालीले मुस्लिम समुदायलाई पछाडि पारेको ठहर गर्दै निर्वाचन कानून परिमार्जनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको बताउनुभयो ।

उहाँका अनुसार केन्द्रीय हज कमिटीले हाजीहरूबाट चर्को शुल्क उठाउने गरेकाले शुल्क नियन्त्रणका लागि गृह मन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । रासस