४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

आइएमई फाउन्डेसनद्वारा शुक्रराज हस्पिटललाई अक्सिजन प्लान्ट हस्तान्तरण

आइएमई फाउन्डेसनद्वारा शुक्रराज हस्पिटललाई अक्सिजन प्लान्ट हस्तान्तरण
अ+ अ-

काठमाडौं । आइएमई फाउन्डेसनले शुक्रराज सरुवा रोग अस्पताललाई अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण हस्तान्तरण गरेको छ । आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक तथा फाउन्डेसनका अध्यक्ष हेमराज ढकालले शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शनिबार हस्तान्तरण गर्नुभएको हो ।

यस अघि नेशलन बिजनेश इनिशिएटिभ र आइएमई फाउण्डेसनबीच शुक्रराज सरुवा रोग अस्पतालमा अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण उपलब्ध गराउने सम्झौता भएको थियो । सोही अनुसार नेशलन बिजनेश इनिसिएटिभले अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण खरिद प्रक्रिया अगाडि बढाएको थियो । 

फाउन्डेसनले अक्सिजन प्लान्ट स्थापनाको लागि रु १,२८,००,००० (अक्षेरुपी रुपैंया एक करोड अठ्ठाइस लाख) बराबरको सहयोग उपलब्ध गराएको थियो । यसका अतिरिक्त आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई प्रदान गरिसकेको छ ।