८ श्रावण २०८३, शुक्रबार
,
Latest
पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने सत्तासिन भारतीय अधिकारी र सिजेपी नेताबीच भएको वार्ता निष्कर्षबिहिन क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ काभा पुरुष भलिबल च्याम्पियनसिपः नेपाल लगातार पराजित बिर्तामोड खानेपानीका ११ हजार धाराबाट २४सै घण्टा शुद्ध पानी निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ खुकुरी प्रहारबाट महिलाको मृत्यु बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
तपाईं के खोज्दै हुनुहुन्छ ?

थ्री नेसन्स कप खेल्ने नेपाली टोली घोषणा, सात नयाँ अनुहार



अ+ अ-

काठमाडौं । थ्री नेसन्स कप फुटबल प्रतियोगिता खेल्ने नेपाली टिमको घोषणा भएको छ ।

नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले मंगलबार २३ सदस्सीय टिम घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ ।

एनीसले ले घोषणा गरेको टोलीमा ७ जना नयाँ अनुहार थपिएका छन् । जसअनुसार, अभिषेक बराल, सनिश श्रेष्ठ, पदम भट्टराई, मणिकुमार लामा, सुमित श्रेष्ठ, नवीन लामा र दीपकराज सिंह ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम्म हुँदैछ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् ।

नेपाली टोली:

गोलकिपर: किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल

डिफेन्डर: सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी, निशान खड्का

मिडफिल्डर: पुजन उपरकोटी, एरिक विष्ट , नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा, भरत खवास

फरवार्ड: आयुष घलान, नवयुग श्रेष्ठ, दीपक सिंह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ, मनिष डाँगी