३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री थ्री नेसन्स कपको विजेताले ५ हजार डलर पाउने



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता यसै सातादेखि राजधानीमा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यही चैत ८ देखि १७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न तीन राष्ट्रको सहभागिता रहने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा आयोजक नेपालसहित भुटान र लाओसको सहभागिता रहनेछ ।

उक्त प्रतियोगिताको लागि भुटान र लाओसका खेलाडी नेपाल आइसकेका छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने उक्त खेलमा उत्कृष्ट दुई टोलीले यही चैत १७ गते फाइनल खेल्नेछन् । उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन् , भने दोस्रो हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछन् ।

त्यसैगरी हरेक खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई २५० अमेरिकी डलर प्रदान गरिने एन्फाले जनाएको छ । त्यस्तै प्रतियोगितामा उत्कृष्ट घोषित हुने खेलाडीलाई पाँच सय अमेरिकी डलर प्रदान गरिने छ । उक्त प्रतियोगितको पुरस्कार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रदान गर्ने आयोजक एन्फाले जनाएको छ ।

त्यस्तै उक्त प्रतियोगिताको खेल र्हेर्नका लागि एन्फाले साधारण प्याराफिटतर्फ रु पाँच सय र भिआईपीतर्फ रु एक हजार मूल्य तोकिएको छ । खेलको टिकट खल्ती एपबाट वा दशरथ रङ्गशालाकामा रहेको खल्तीका स्टलबाट किन्न सकिनेछ । उक्त प्रतियोगिताको लागि रु एक करोड ७५ लाख ६६ हजार चार सय ८० खर्च लाग्ने आयोजकले जनाएको छ ।